IME Life New

नेप्से परिसूचक ४९ अंकले घट्दा १५ अर्ब ६५ करोडमाथिको शेयर कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ४९ दशमलव १८ अंकले घटेर ३,०४४ दशमलव ८६ अंकको विन्दुमा कायम भएको छ । आज फाइनान्स बाहेक सबै उपसूचक घटेका छन् । फाइनान्स उपसूचक ० दशमलव ६७ प्रतिशतले बढेको छ ।

आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर किनबेच हुँदा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको १ अर्ब ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

त्यस्तै, अरुण कावेली पावरको ८७ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन बिकास लघुवित्तको ७४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्स कम्पनीको ३८ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिरीको ३४ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ५६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै रु रु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाइका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् । सिङगटी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ३५ प्रतिशतका दरले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS