IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सले पायो आइपीओ निष्कासन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले साधारण शेयरको सार्वजनिक निष्कासन (आइपीओ) अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्डले पुस २५ गते नेपाल माइक्रो इन्स्योरेन्सलाई आइपीओ अनुमति दिएको हो। आइपीओ अनुमति पाउने नेपाल माइक्रो इन्स्योरेन्स दोस्रो लघु बीमक हो। यसअघि गार्डिन माइक्रो लाइफ इन्स्योरेन्स आइपीओ पाइसकेको छ।

Esewa
Crest

धितोपत्र बोर्डको अनुमतिसँगै अब नेपाल माइक्रो इन्स्योरेन्स सर्वसाधारणका लागि २२ करोड ५० लाख रुपैयाँबराबरको आइपीओ बिक्री खुला गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २२ लाख ५० हजार कित्ता साधारण शेयर जारी गर्नेछ।

आइपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी ७५ करोड रुपैयाँ पुग्नेछ। जुन लघु बीमकले कायम गर्नुपर्ने न्यूनतम चुक्तापुँजी हो। कम्पनीमा संस्थापक शेयरधनीहरुको ५२ करोड रुपैयाँ ५० लाख रुपैयाँ लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS