IME Life New

नेपाल माइक्रो इन्स्योरेन्सले आइपीओ निष्काशन गर्ने, नियुक्त गर्यो बिक्री प्रबन्धक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन तथा विक्री गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन तथा विक्रीका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।

सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई नेपाल बीमा प्राधिकरणबाट लघु निर्जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.१ मा रजिष्टर्ड कार्यालय रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले लघु बीमा सेवा प्रवाह गर्दै आइरहेको छ ।

त्यस्तै, कम्पनी ऐन, २०६३ बमोजिम विधिवत रुपमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०६४ बमोजिम सञ्चालन भई लाजिम्पाट, काठमाडौंमा रजिष्टर्ड कार्यालय रहेको यस क्यापिटलले शेयर सम्बन्धीका कार्य गर्दै आइरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS