IME Life New

नेपाल बीमक संघले आफ्नै भवन निर्माण गर्ने नव निर्वाचित अध्यक्ष क्षेत्रीको प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघका नव निवार्चित अध्यक्ष चंकी क्षेत्रीले संघको आफ्नै भवन निर्माण गर्ने लगायतका १० बुदे कार्ययोजना सहितको प्रतिवद्धता पेश गरेका छन् । बीमा क्षेत्र विकास, सुदृढिकरण र मर्यादित बनाउनको लागि तथा बीमकहरुको पिरमार्का, सल्लाह सुझाव साझा रुपमा राख्न बीमक संघको गठन भएको भन्दै उनले आफ्नो मेरो नेतृत्वमा गठन भएको बीमक संघको बुदाँगत रुपमै प्रतिवद्धता व्यक्त गरेका हुन् ।

आज सम्पन्न भएको साधारणसभाले क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैदवार क्षेत्री, महासचिवमा नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकरी अधिकृत युगेशभक्त बादे श्रेष्ठ निर्विरोध चयन भएका हुन् ।
त्यस्तै सदश्यमा प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत संचित ब्रजाचार्य, राष्ट्रिय बीमा कम्पनीका कामु सिईओ सुभाष कोइराला, अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिनोद बालचन्द्र घाते, जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठ निर्वाचित भएका छन् ।

Esewa
Crest

निर्वाचित भए लगत्तै क्षेत्रीको प्रतिवद्धता

  1. बीमक संघको गरिमालाई अझ उच्च बनाउने कार्य गरिनेछ र यस संघ प्रति संघका सदस्यहरुको विश्वास र भरोसालाई अझ दृढ बनाउने कार्य गरिनेछ ।
  2. बीमा क्षेत्रलाई मर्यादित बनाउन यस संघबाट साझा रुपमा भए गरेका निर्णयहरु र भिविष्यमा गरिने निर्णय कार्यान्वनका लागि जे जस्तो पहल गर्नु पर्ने हो, सो पहल गर्न पछि परिने छैन ।
  3. बीमा क्षेत्रमा देखिएका केहि छि फुट मर्यादित कार्यहरुको कारण सम्पुर्ण बीमा क्षेत्र नै बदनाम हुनु पर्ने अवस्था रहेकोले त्यस्ता अमर्यादित कृयाकलपहरुलाई निरुत्साहित र नियन्त्रण गर्न नियामक निकाय सँग समन्वय गरिनेछ ।
  4. बीमा क्षेत्रको विकासको लागि नियामक निकायहरु तथा नेपाल सरकार सँग काँधमा काँध मिलाउन संघ सधै लागि पर्ने विश्वास दिलाउन चाहन्छु ।
  5. बीमाको सर्वमान्य सिद्धान्तको विरुद्धमा गई यस संघको सुझावलाई समेत वेवस्ता गर्दै जारी गरिएको कोरोना बीमालेखको कारण समग्र बीमा क्षेत्र प्रतिको विश्वसनियतामा नै अत्याधिक ह्रास आइ रहेको परिस्थितीमा नेपाल सरकारले भुक्तानी गर्नु पर्ने दायित्व यथाशिघ्र भुक्तानी गराउन पहल गरिनेछ ।
  6. बीमक संघबाट गठन हुने समितिहरु तथा अन्य क्षेत्रहरुमा यस संगठनबाट हुने सहभागितामा यस संगठनका सदस्यहरु सबैले समान रुपमा अवसर प्राप्त गर्ने व्यवस्था गरिनेछ ।
  7. लामो समयदेखि कार्यरत रहेको यो बीमक संघको आफ्नै भवन तथा कार्यालय निर्माण गर्न पहल गरिनेछ ।
  8. बैदेशिक निकायहरु संग भएको ज्ञान शिप र अनुभवलाई स्वदेशका बीमकहरु माझ पुर्याउन सार्क राष्ट्र अन्तर्गत रहेका बीमा विज्ञहरुको सम्मेलन गर्ने तर्फ पहल गरिनेछ ।
  9. बीमकहरु सँग रहेको पूँजी तथा स्रोतलाई बैंकको बचतको रुपमा मात्र प्रयोग भएको भनि बेला बेलामा चर्चा हुने गरेको छ । तसर्थ त्यस्ता स्रोतहरुलाई दर्श विकासमा समेत प्रयोग गर्न नियामक सँग सहकार्य गरिनेछ ।
  10. अन्तमा बीमक संघको अध्यक्षको गरिमालाई म व्यक्तिगत फाइदाको रुपमा प्रयोग नगरी समग्र निर्जीवन बीमकहरुको उन्नति र विकासको लागि प्रयोग गर्ने वचन दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS