IME Life New

नेपाल बीमक संघको अध्यक्ष पद एक जनाले एक कार्यकाल मात्रै पाउने, अवदेखि कार्याअवधि २ वर्ष

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघको अध्यक्ष पद एक जनाले एक कार्यकाल मात्रै पाउने बनाइएको छ । नेपाल बीमक संघको विधान संशोधन गर्दै अध्यक्ष पदको अवधि पनि २ वर्षमा झारिएको छ । यस भन्दा अगाडी बीमक संघको कार्यकाल तीन वर्षको थियो ।

बीमक संघको फागुन १४ गते सम्पन्न २१ औं वार्षिक साधारणसभाले विधान संशोधन गर्ने क्रममा एउटै व्यक्ति धेरै पटक बीमक संघको अध्यक्ष बन्ने व्यवस्थालाई हटाउदै लगातार दुई पटक अध्यक्ष बन्न नपाउने बनाइएको हो । अव एक जनाले एक कार्यकाल मात्रै अध्यक्षको जिम्मेवारी पाउने छन् । नियम अनुसार प्रमुख कार्यकारी अधिकृतको कार्यकाल ४ वर्षको हुन्छ । साथै एउटा कम्पनीले एक जनालाई बढिमा दुई पटक मात्रै प्रमुख कार्यकारी बनाउन पाउछ ।

Esewa
Crest

बीमक संघ निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको छाता संघठन हो । अध्यक्षको लागि सबैले पालो पाउनु पर्ने भन्दै यस्तो व्यवस्था गरिएको संघका एक पदाधिकारीले जानकारी दिए । उनले भने ‘हामी सबैले नेतृत्व विकास गर्न पाउनु पर्छ ।’

हाल नेपालमा १८ वटा निर्जीवन बीमा कम्पनी छन् । सम्पुर्ण कम्पनीका प्रमुख कार्यकारी अधिकृत बीमक संघको सदश्य हुने व्यवस्था छ । बीमा कम्पनीको संख्या अझै घट्ने तरखरमा रहेकाले बीमक संघका साधारण सदश्यको संख्या पनि घट्ने देखिन्छ । निर्जीवन बीमा क्षेत्रमा उठेका समस्यालाई नियामक निकाय बीमा प्राधिकरण समक्ष पुर्याउन संघले राम्रो भुमिका खेल्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS