IME Life New

नेपाल पुनर्बीमा कम्पनीको साधारण शेयर आरबिबी मर्चेन्ट बैंकिङले बिक्रि गर्ने, कतिको आउदै छ शेयर….

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालको एकमात्र पुनर्बीमा कम्पनी ‘नेपाल पुनर्बीमा कम्पनी’ले एक करोड ६० लाख कित्ता साधारण शेयर जारी गर्ने भएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका शेयर निष्कासन गर्न लागेको हो। नेपालमा पुनर्बीमा कम्पनीको सुरुवात भने ०७१ साल पुस ७ गतेदेखि ‘नेपाल पुनर्बीमा कम्पनी’को नामबाट भएको हो । सरकार र बीमा कम्पनीहरुको संयुक्त लगानीमा उक्त कम्पनीको स्थापना गरिएको हो ।

शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा राष्ट्रिय बाणिज्य बैंकको सहायक कम्पनी आरबिबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ। निष्कासन सम्बन्धि सम्झौतापत्रमा पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरबिबीका प्रमुख कार्यकारी डा. रमेशकुमार भण्डारीले हस्ताक्षर गरेका छन्।
पुनर्बीमा कम्पनीको अधिकृत पूँजी १५ अर्ब रुपैयाँ छ भने जारी पूँजी १० अर्ब छ। ८ अर्ब ४० करोड चुक्ता पूँजी रहेको कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरेपछि पूँजी १० अर्ब पुग्ने छ।

Esewa
Crest

पुनर्बीमा भन्नाको बीमा कम्पनीहरुको पनि बीमा गर्ने व्यवसाय हो अर्थात् बीमा कम्पनीहरुले आफूले रक्षावरण गरेको बीमाको सम्पूर्ण जोखिम आफैंले बहन गर्न नसक्ने भएकोले जोखिमलाई न्यूनीकरण गर्न जोखिमको हस्तान्तरण एक कम्पनीबाट अर्को कम्पनीमा गर्दछन् जसलाई पुनर्बीमा भनिन्छ, नेपालमा पुनर्बीमा ब्यबसाय गर्ने एकमात्र कम्पनी नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS