IME Life New

नेपाल इन्स्योरेन्स र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी र मितेरी डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर २७ गते अन्तिम मौका रहेको छ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै कम्पनीले भोलि मंसिर २८ गते बुक क्लोज गर्दैछन्। यसको आजसम्म कायम शेयरधनीहरुमात्रै यी कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Esewa
Crest

नेपाल इन्स्योरेन्सले ७५ औँ वार्षिक साधारणसभाबाट आउँदो पुस १३ गते डाकेको छ। सभा काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश छन्।

यसैगरी मितेरी डेभलपमेन्ट बैंकको १८ औँ वार्षिक साधारणसभाबा आउँदो पुस १४ गते सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघको भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद गरी कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा प्राप्ति गर्न उपयुक्त देखिएमा सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS