IME Life New

नेपाल इन्स्योरेन्स कम्पनीले मनायो हिरक जयन्ती, परिष्कृत, चुस्त र सिघ्र सेवा प्रवाह गर्ने प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै पहिलो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज ७४ औं वार्षिकोत्सव एवम् ७५ औं जन्मजयन्ती ( हिरक जयन्ती ) मनाएको छ । कोभिड १९ का कारण कम्पनीले आफ्नै प्रधान कार्यालाय कमलादीमा सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा विविध कार्यक्रम सहित जन्मजयन्ती मनाएको हो ।

उक्त कार्यक्रममा कम्पनीका कम्पनीका नि. प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्यका क्रममा नेपालको बीमा उद्दोगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि ७ दशक भन्दा बढी उत्कृष्ट सेवा निरन्तर दिई आएकोमा आगामी दिनमा अझ परिष्कृत, चुस्त र सिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज ढगंले बीमितसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Esewa
Crest

कम्पनीको ७४ औं वार्षिक उत्सव तथा ७५ औं जन्मजयन्ति कार्यक्रमका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७४ औँ वर्ष पार गरि ७५ औँ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दै यस सुखद अवसरमा कम्पनीप्रति प्रगाढ विश्वाश गरि सहगोग पुर्याउनु हुने सम्पूर्ण ग्राहक महानुभावहरु, लगानीकर्ताहरु, पुर्व सञ्चालकहरु, कर्मचारीहरु, नियामक निकायहरु र सम्बन्धित सबैमा हृदयदेखि नै आभार व्यक्त गरेका छन् ।

यसै अवसरमा आफ्नो जीवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेका १३ जना कर्मचारीहरुलाई दिर्घ सेवा पदक र २० वर्ष सेवा अवधि पुगेका २ जना कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरियो । कार्यक्रम सञ्चालन मुख्य प्रबन्धक चन्द्र नाथ उप्रेतीले गरेका थिए ।

कम्पनीको हाल चुक्ता पूँजी १२४ करोड रुपैयाँ रहेको र कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय तथा देशभर ४९ वटा शाखा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको शाखा संजाललाई बिस्तार गरी ग्राहकको आबश्यकता, सेवा र सन्तुष्टिलाई समेत विशेष ध्यान दिई कम्पनीका सम्पूर्ण काम कारवाहीहरुलाई पूर्ण व्यावसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS