IME Life New

नेपाल इन्स्योरेन्सको वार्षिक साधारणसभा पुस १३ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले ७५ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो पुस १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४९ करोड ४७ लाख ६५ हजार ३९९.९७ रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५३९.९७ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ७८ लाख ६७ हजार १८६.३१ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

सभाले कम्पनीको उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। कम्पनीमा रिक्त विज्ञ स्वतन्त्र सञ्चालकमा वीरविक्रम रायमाझीलाई ४ वर्षका लागि अर्थात २०८३ चैत ८ गतेसम्मका लागि नियुक्त गर्ने निर्णय सभाले अनुमोदन गर्नेछ।
बोनस शेयर वितरणपछि चुक्तापुँजी पनि बढ्ने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ।

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको मतलब मंसिर २७ गतेसम्म कायम शेयरधनीहरुले यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS