IME Life New

नेपाल इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ ८ गतेदेखि लिलाम बढाबढ गरी सर्वसाधारणमा विक्री गरेको संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको २१ लाख ५७ हजार ६१५ कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गरेको हो ।

उक्त शेयरको मुल्य ३२५ रुपैयाँ रहेको छ । उक्त शेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ । संस्थापक शेयर विक्री गर्दा पहिलो प्रथामिकता संस्थापक शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीले असार २४ गते उक्त शेयर बेच्न ३५ दिने सुचना जारी गर्दा उक्त शेयरका लागि कुनै आवेदन नपरेपछि लिलामी मार्फत विक्रीमा ल्याएको हो ।

Esewa
Crest

खरीद गर्न योग्य इच्छुक जो कोही व्यक्ति, कम्पनी वा संस्थाले उक्त संस्थापक शेयरमा आज भदौ २२ गतेभित्र विक्री प्रबन्धक ग्लोबल आइएमई क्पापिटल लिमिटेड नक्सालका साथै ग्लोबल आइएमई बैंक काठमाडौं उपत्यका बाहेक बाहिरका विभिन्न शाखा कार्यालयहरुमा शिलबन्दी बोलपत्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS