IME Life New

नेपाल इन्स्योरेन्सको मुनाफा २३ करोड, बीमा शुल्क आम्दानी बढ्यो, अन्य सूचांक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको सबैभन्दा पुरानो बीमा कम्पनी नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षमा कोरोना महामारीका बीचमा पनि बीमा व्यवसाय बृद्धि गर्न सफल भएको छ । सो कम्पनीले गत वर्ष खुद बीमा शुल्क आर्जन ५४ करोड १२ लाख ८० हजार रुपैयाँ गरेमा यस वर्ष १२ करोडले बृद्धि गर्दै ६५ करोड ३७ लाख ६७ हजार रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेको छ ।

कम्पनीको कूल बीमा शुल्क आर्जन भने केही घटेको छ । अघिल्लो वर्ष एक अर्ब १७ करोड ८९ लाख ९२ हजार रुपैयाँ कूल बीमा शुल्क आम्दानी गरेको कम्पनीले गत आवमा एक अर्ब १७ करोड ७४ लाख दुई हजार रुपैयाँ आम्दानी गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले गत आवमा १७ करोड ८५ लाख २१ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा कम्पनीले २२ करोड ८८ लाख ७० हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको थियो । गत आवमा लकडाउनका कारण करिब पाँच करोड रुपैयाँ दावी भुक्तानी घटेको हो ।

Esewa
Crest

कम्पनीको दावी भुक्तानी घटेसँगै मुनाफामा बृृद्धि भएको छ । अघिल्लो आवमा २१ करोड चार लाख ८१ हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आवमा २३ करोड ६५ लाख दुई हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले अभिकर्तालाई दुई करोड २४ लाख आठ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको लगानी तथा अन्य आम्दानी बापतको रकम भने घटेको छ । अघिल्लो वर्ष आठ करोड भन्दा बढि रहेको यस्तो आय यस वर्ष छ करोड ८३ लाख २३ हजारमा सीमित भएको छ ।

वित्तीय विवरणमा अनुसार कम्पनीले १० करोड ५० हजार रुपैयाँ नेपाल सरकारलाई आयकर बुझाएको छ । अघिल्लो वर्ष कम्पनीले आठ करोड १९ लाख ९७ हजार रुपैयाँ कर बुझाएको थियो ।

कम्पनीको बीमा कोष र जगेडा कोषमा जम्मा ८१ करोड २९ लाख ७४ हजार रुपैयाँ जम्मा छ । अघिल्लो वर्ष ६५ करोड २९ लाख चार रहेको रहेको कोषमा यस वर्ष उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो । यद्यपि कम्पनीले महाविपत्त जगेडा कोषमा रकम व्यवस्था गरेको वित्तीय विवरणमा देखाएको छैन ।

कम्पनीको प्रतिशेयर आम्दानी २१.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.३४ गुणा, प्रतिशेयर नेटवर्थ १७४.२१ रुपैयाँ, प्रतिशेयर कम्पनी सम्पत्ति मूल्य ३२१.६४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS