IME Life New

नेपाललाई एन्टिबायोटिक रेसिस्टेन्ट मुक्त राष्ट्र बनाउने घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नेपालमा एन्टिबायोटिकको प्रभाव न्यूनिकरणमा संलग्न एक अनुसन्धान टोलीले नेपालाई विश्वमै पहिलो एन्टिबायोटिक रेसिस्टेन्ट मुक्त राष्ट्र बनाउने घोषणा गरेको छ ।

सोमबार काठमाडौंको रिपोटर्स क्लवमा पत्रकार सम्मेलन गरी नेपाली मूलका अमेरिकि नागरिक जय शाहको नेतृत्वमा रहेको अनुसन्धान टोलिले नेपाललाई एन्टिबायोटिक रेसिस्टेन्ट समस्याको स्थायी रुपमा समाधान गर्ने राष्ट्र बनाउने घोषणा गरेका हुन् ।

Esewa
Crest

अमेरिकाको बस्दै आएका युवा वैज्ञानिक जय साहले एन्टिबायोटिक रेसिस्टेन्ट समस्याको मुख्य कारण नै औषधीको अपरिपक्व वितरण भएको बताउँदै उक्त समस्याबाट मुक्त हुनको लागि औषधी वितरण प्रणालीलाई नै वैज्ञानिक एवम् व्यवस्थित बनाउने गरि विश्वस्तरीय प्रविधियुक्त प्रणालीको आविष्कार गर्न लागेको बताए ।

उनका अनुसार चिकित्कले सिफारिस गर्ने औषधिलाई अनलाईन पोर्टलमा राखेर पासवर्ड लक गर्ने व्यवस्था र औषधी व्यवसायीहरुले व्यक्तिगत पासवर्ड राखेर मात्रै बेच्न सक्ने ईलेक्ट्रिोनिक माध्यमको विकास गर्ने अवधारण विस्तार गरिने छ । सो माध्यमको शुरु भएपछि भने चिकित्कको सिफारिस बाहेक औषधी बेच्न नपाउने व्यवस्था लागु गर्नेमा उनको जोड छ ।

एन्टिबायोटिकका जथाभावी प्रयोग मानव जीवनका लागि घातक भएको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रमा एन्टिबायोटिकको प्रयोग न्यूनिकरणमा जोड दिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS