IME Life New

नेपालकै पहिलो ‘नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न कार्यक्रम गरी मनायो ७६औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै पहिलो इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड स्थापना भएको ७६औं वर्ष पूरा भई ७७औं वर्ष प्रवेश गरेको छ। आज असोज ८ गते सोमवारका दिन कम्पनीले विभिन्न कार्यक्रम गरी ७६ औं वार्षिकोत्सव मनाएको हो । कम्पनीका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलको सभापतित्वमा प्रधान कार्यालय कमलादीमा विविध कार्यक्रम सहित सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले स्वागत मन्तव्य राख्दै नेपालको बीमा उद्दोगमा यस कम्पनीको छुट्टै पहिचान र पहुँच कायम राखि ७६ वर्ष भन्दा बढी उत्कृष्ट सेवा निरन्तर रुपमा दिई आएकोमा आगामी दिनमा अझ परिष्कृत, चुस्त र शिघ्र बनाई समयानुकुल नविनतम प्रविधिको माध्यमबाट आधुनिक बीमाका योजना तथा सुविधाहरु सरल र सहज तरिकाले बीमितसम्म पुर्याउने प्रतिवद्धता व्यक्त गरे ।

Esewa
Crest

कम्पनीको ७६ औं वार्षिक उत्सव कार्यक्रममा कार्यक्रमका सभापति एवम् सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेलले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड ७६ औँ वर्ष पार गरि ७७ औँ वर्ष प्रवेश गरेको शुभ अवसरमा शुभकामना व्यक्त गर्दैे यस सुखद अवसरमा कम्पनीप्रति प्रगाढ विश्वास गरि सहगोग पु¥याउनु हुने सम्पूर्ण ग्राहक महानुभावहरु, लगानीकर्ताहरु, पुर्व सञ्चालक तथा कर्मचारीहरु, हाल कार्यरत सम्पूर्ण कर्मचारीहरु ,नियामक निकायहरु र सम्बन्धित सबैमा हृदयदेखि नै आभार व्यक्त गरे ।

यसै अवसरमा आफ्नो जिवनको अमुल्य समय कम्पनीको सेवामा समर्पित गरि २५ वर्ष सेवा अवधि पुगेका ७ जना कर्मचारीहरुलाई पदक तथा कदरपत्र र २० वर्ष सेवा अवधि पुगेका १० जना कर्मचारीहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन मुख्य प्रबन्धक चन्द्र नाथ उप्रेतीले गरेका थिए ।

नेपालको निर्जिवन बीमाको क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस कम्पनीले प्रचलित ऐन, कानून तथा नियामक निकायहरुद्वारा जारी नीति, निर्देशनहरुको पूर्ण पालना गर्दै नेपाली बीमा बजारमा आफ्नो छुट्टै शाख, प्रतिष्ठा र पहिचानलाई कायम राख्दै ग्राहकको पूर्ण विश्वास प्राप्त गर्न सफल यस कम्पनी एक भरपर्दो र विश्वासिलो कम्पनीको रुपमा आफ्नो ग्राहकहरुको सम्पत्तिको सुरक्षा तथा व्यवसायको विकास, विस्तार एवं शेयरधनीहरुकोे लगानीलाई सुनिश्चत र उचित प्रतिफल दिने तर्फ अगाडी बढिरहेको बताएको छ ।

हाल कम्पनीले देशका विभिन्न क्षेत्रहरुमा प्रधान कार्यालय लगायत ५९ वटा कार्यालयहरु र ३ वटा तेश्रो पक्ष बीमा सेवा केन्द्रहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको शाखा संजाललाई बिस्तार गरी ग्राहकको आबश्यकता, सेवा र सन्तुष्टिलाई समेत विशेष ध्यान दिई कम्पनीका सम्पूर्ण काम कारवाहीहरुलाई पूर्ण व्यावसायिक र पारदर्शी बनाउँदै स्तरीय बीमा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS