IME Life New

नेको इन्स्योरेन्सको १५% बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीको असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १५ दशममलव ५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्म गरेको बताएको छ ।

कम्पनीको उक्त बोनश शेयर नेप्से र सिडिएसमा सुचिकृत तथा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भइसकेको छ । असार १७ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको बोनश शेयर सम्बन्धीत हितग्राही खातामा जम्मा गरिएको जनाएको छ । साथै सो मिति पछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा भने क्रमश उक्त बोनश शेयर जम्मा गरिदिने भएको हुनाले हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई आफ्नो शेयर अभौतिकीकरण गर्न आग्रह गरेको छ ।

Esewa
Crest

साथै असार १७ गतेसम्म शेयर धितो राखी कर्जा लिएका शेयरधनीको हकमा बोनश शेयर समेत कर्जा पञ्वाह सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई शेयरधनीको हितग्राही खातामा जम्मा हुने हुँदा कर्जा राफसाफ भइसकेको भए सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी फुकुवा गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS