IME Life New

नेको इन्स्योरेन्सले माघ महिनासम्ममा आर्जन गर्यो एक अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेको इन्स्योरेन्स कम्पनीले माघ महिनामा मात्रै १९ करोड ‍५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले चालु आर्थिक वर्षको ७ महिनासम्ममा भने एक अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। संस्थाले सार्वजनिक गरेको दोस्रो त्रैमाशिक वित्तीय विवरण अनुसार ६ महिनाको अवधिमा कुल बीमा शुल्क आर्जन एक अर्ब ३६ करोड रुपैयाँ थियो।

नेकोले माघ महिनासम्ममा २ लाख  २ हजार २७८ वटा पोलिसी बिक्री गरेको छ। माघ महिनामा मात्रै २७ हजार ५६८ वटा पोलिसी बिक्री गरेको छ। माघ महिनामा कम्पनीले १५ जना कर्मचारी थप गरेको छ। नयाँ थप भएका सहित हाल ४१५ जना कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ। नेकोले ६५ वटा शाखा कार्यालय मार्फत निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएको छ। कम्पनीको हालको चुक्ता पुँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स कम्पनी पहिलो नम्बरमा रहदै आएकोमा दोस्रो त्रैमाशिक अवधिमा नेको पहिलो भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS