IME Life New

निषेधाज्ञाकै अवधिमा बीमालेख समाप्त भएमा नविकरण गर्दा व्याज नलाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले निषेधाज्ञाको समयमा बीमालेखको अवधि समाप्त भई बीमा शुल्क भुक्तानी गर्न नसक्ने बीमित सँग व्याज नलिन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । नेपाल सरकार तथा स्थानीय निकायहरुले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा तथा आवतजावतमा निषेध गरे सँगै बीमा समितिले यस अवधिमा बीमालेख नविकरण गर्नु पर्ने तथा नियमित बीमा शुल्क भुक्तानी गर्न असहज भैरहेको छ ।

नेपाल सरकारबाट जारी निषेधाज्ञाका कारण बीमितहरुलाई भौतिक रुपमा उपस्थित भई जीवन बीमा शुल्क बुझाउन असहज हुने भएकोले विद्युतीय माध्यमबाट बीमा शुल्क संकलन गर्ने व्यवस्था गर्न समितिले निर्देशन दिएको हो ।

Esewa
Crest

विद्युतीय माध्यमबाट जीवन बीमा शुल्क संकलन गर्न नसकिने भएमा बीमा शुल्क संकलन कार्य निषेधाज्ञा अवधि समाप्त भएको १५ दिन सम्म व्याज नलिई संकलन गर्ने व्यवस्था मिलाउनु पर्ने भएको छ । निषेध आज्ञा अवधिको समय भित्र बीमा अवधि समाप्त भएको बीमालेखको हकमा सम्बन्धित बीमितको लिखित अनुरोध विद्युतीय माध्यमबाट निवेदन प्राप्त को आधारमा समेत बीमालेख नवीकरण हुने व्यवस्था मिलाउनु पर्ने भएको छ ।

बीमा समितिले बुधबार सम्पुर्ण बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो । काठमाडौं उपत्यधा भित्रका प्रमुख जिल्ला अधिकारीहरुले मंगलबार संयुक्त रुपमा बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेका थियो । बीमा कम्पनीका शाखा कार्यालय बन्द भए पनि न्युनतम संख्यामा अत्यावस्यक कामका लागि केन्द्रिय कार्यालय भने खुला राख्न पाउने व्यवस्था गरेको थियो । कोरोना संक्रमणका कारण पछिल्लो समय स्वास्थ्य संकट पैदा भैरहेको छ । यहि असहज परिस्थितिलाई मध्यनजर गर्दै बीमा समितिलिे पनि केहि सहजिकरण गरिदिएको  हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS