IME Life New

निर्माण व्यवसायी र इप्पानले भोलि पनि बीमा समितिमा धर्ना बस्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ननट्यारिफ बीमा व्यवसायको न्युनतम दर खारेजीको माग गर्दै बीमा समितिमा धर्ना बसेका निर्माण व्यवसायी र इप्पानका प्रतिनिधिहरुले भोलि पनि धर्ना गर्ने भएका छन् । कालो व्यानर, पर्चा, पम्प्लेट सहित बीमा समिति पुगेका व्यवसायीहरुले बीमा समितिको चर्को विरोध गरेका थिए ।

नारावाजी सहित शान्तिपुर्ण धर्नामा उत्रिएका व्यवसायीहरुले ननट्यारिफ बीमा व्यवसायको न्युनतम दरलाई तत्काल खारेज गर भन्दै विरोध गरेका थिए । उनिहरुले उक्त दरलाई फिर्ता नलिएसम्म धर्ना कार्यक्रमलाई जारी राख्ने जनाएका छन् । नारावाजी पछि आजको धर्नालाई स्थगित गरी भोलि पनि आजैकै समयमा बस्ने भन्दै फिर्ता भएका छन् ।

Esewa
Crest

बीमा समितले गत असोज ६ गते जारी गरेको नन ट्यारिफ बीमा व्यवसायको न्यनतम दरको विरोधमा धर्ना कार्यक्रम गरेका हुन् ।

बीमा समितिले उनिहरुलाई आगामी समोबार छलफलका लागि बोलाएको छ । तर समितिको निर्देशनलाई अवज्ञा गर्दै उनिहरु धर्नामा उत्रिएका हुन् । बीमा समितिले ननट्यारिफ बीमा व्यववसायमा अस्वस्थ प्रतिस्पर्धा हुन थाले पछि दर निर्धारण गरिदिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS