IME Life New

निर्माण व्यवसायीले अमर्यादित भाषा प्रयोग गरे पछि बीमक संघले गर्यो खेद प्रकट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले आयोजना गरेको कार्यक्रममा निर्माण व्यवसायीहरुले तल्लो स्तरका अमर्यादित शब्दहरुको प्रयोग गरेपछि नेपाल बीमक संघले बैठक नै बहिस्कार गरि निष्कन बाध्य भएको छ । बीमा समिति कार्यालयमा आज दिनको २ बजे बसेको बैठकमा बीम संघका पदाधिकारीहरुले पटक पटक जहाँ अप्ठ्यारो छ सो विषयमा वार्ता गरी समस्या फुकाउन मर्यादित पहल गर्दा गर्दै पुनः नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि संहले तत्लो स्तरका अमर्यादित शब्दहरु प्रयोग गरी आरोप लगाएका थिए ।

उनले अमर्यादित शब्दहरु प्रयोग गरी आरोप लगाए पछि नेपाल बीमक संघका प्रतिनिधिहरुले बैठक नै बहिष्कार गरी निष्कन बाध्य भएको हो । यसरी नियामक निकाय बीमा समितिको पहलमा बसेको बैठकमा इक्यानका प्रतिनिधिहरुले अमर्यादित शब्दहरु प्रयोग गर्ने, बाहुबलको प्रदर्शन गर्ने, सामान्य मर्यादा समेत पालना नगरेकाले बीमा संघले खेद प्रकट गरेको छ ।

Esewa
Crest

कुनै पनि विषयमा कुनै पनि निकायलाई अफ्ट्यारो वा मार्का पर्न जाँदा सो सँग सम्बन्धित निकायमा छलफल गरी निकास निकाल्नु पर्नेमा सभ्य र अमर्यादित तरिकाले छलफल गरी निकास निकाल्न बीमक संघ तयार रहेको तर अराजकता र असभ्यताको पृष्ठपोषक बीमक संघले कहिले नगर्ने जानकारी गराएको छ ।

विगत ५ वर्षदेखि हाइड्रो तथा इन्जिनियरिङ बीमामा अत्याधिक क्षति भएको कारण राम्रा स्तरका पूनर्बीमा कम्पनीहरुले नेपालको व्यवसाय गर्न छाड्न थालेको अवस्थाले बीमा क्षेत्र नै तहसनहस हुन सक्ने अवस्थालाई मध्यनजर गरी नियामक निकाय बीमा समितिले न्युनतम दररेट जारी गरेको संघले जनाएको छ । देशको कुनै पनि क्षेत्र तहस नहस हुने अवस्था आउँदा सो सँग सम्बन्धित नियामक निकाय मूदर्शक भए बस्न नसक्ने भएको र यस्तो परिस्थितिमा विश्वमा नै नियामक निकायले बीमाको न्युनतम दर रेट तोकेको प्रसस्त उदाहरण रहेको संघले उल्लेख गरेको छ ।

छिमेकी मुलुकहरुमा समेत न्युनतम दर रेट काम रहेको संघको भनाइ छ । सो दर रेटमा नेपालका हाइड्रो तथा इन्जिनियरिङ बीमा सँग सम्बन्धित इपाल तथा इक्यानले विरोध जनाए पश्चात सो विषयलाई समाधान गर्न बीमा समिति तथा बीमक संघले पटक पटक छलफलका लागि आग्रह गर्दै आएको छ ।

यस्ता हरेक छलफलमा निर्माण व्यवसायी तथा स्वतन्त्र उर्जा उत्पादकहरुले आपत्तीजनक शब्दहरुको प्रयोग गर्दै विरोध जनाउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS