IME Life New

निर्जीवन बीमा व्यवसायमा मोटरको हिस्सा ३१.२१%, अन्य क्षेत्रको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्म निर्जीवन बीमकहरुले सवा २१ अर्ब रुपैयाँ बढीको व्यापार गर्न सफल भएका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको तथ्यांकअनुसार १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले १५ लाख ५७ हजार ७९१ वटा बीमालेख जारी गरेर २१ अर्ब ३० करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। कुल व्यापारमा मोटर बीमाको हिस्सा सर्वाधिक देखिएको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीहरुले मोटर बीमामार्फत ६ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यो कुल व्यापारको ३१.२१ प्रतिशत हिस्सा हो।

यसैगरी पुससम्म बीमा कम्पनीले सम्पत्ति बीमामार्फत ५ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा २५.७७ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको पुससम्म इन्जिनियरिङ तथा ठेक्का बीमामार्फत कम्पनीहरुले ३ अर्ब ७ करोड ९२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापार यो क्षेत्रको हिस्सा १४.४५ प्रतिशत रहेको छ।

बीमा कम्पनीहरुले पुससम्म विविध बीमातर्फ २ खर्ब ५४ करोड ६८ लाख रुपैयाँ, सामुद्रिक बीमातर्फ १ अर्ब २२ करोड ७८ लाख रुपैयाँ, हवाई बीमातर्फ १ अर्ब १ करोड ५३ लाख रुपैयाँ, पशुपन्छी तथा कृषि बीमातर्फ ८६ करोड ५० लाख रुपैयाँ र लघु बीमातर्फ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल व्यापार विविध बीमाको ११.९५ प्रतिशत, सामुद्रिक बीमाको ५.७६ प्रतिशत, हवाई बीमाको ४.७७ प्रतिशत, पशुपन्छी तथा कृषि बीमाको ४.०६ प्रतिशत र लघु बीमाको २.०३ प्रतिशत हिस्सा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS