IME Life New

निर्जीवन बीमा कम्पनीले फागुन महिनामा आर्जन गरे तीन अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क, कुनको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीले फागुन महिनामा मात्रै तीन अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले दुई लाख ३८ हजार ५०१ वटा पोलिसी जारी गरेका छन् । जस बापत कम्पनीहरुले १५ खर्ब २ अर्ब रुपैयाँको दायित्व बहन गरेको छ ।

फागुन महिनामा सर्वाधिक धेरै राष्ट्रिय बीमा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले कर्णाली प्रदेशका नागरिकको दुर्घटना बीमा बापत मात्रै एक करोड ६५ लाख रुपैयाँ आर्जन गरेको थियो । यस महिनामा कम्पनीले सरकारी आयोजना लगायतका कार्यक्रम मार्फतको बीमा बापत राम्रो बीमा शुल्क आर्जन गरेको हो ।

Esewa
Crest

राष्ट्रिय बीमा कम्पनीले गत माघ महिनासम्ममा जम्मा ७३ करोड ९१ लाख रुपैयाँ मात्रै बीमा शुल्क आर्जन गरेकोमा फागुन एक महिनामा मात्रै ५५ करोड २५ लाख आर्जन गरेर ८ महिनाको अवधिमा एक अर्ब २९ करोड रुपैयाँ आर्जन गरेको छ ।

फागुन महिनामा सर्वाधिक धेरै व्यवसाय भित्र्याउने दोस्रो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । शिखरले यस महिनामा मात्रै ३३ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको सगरमाथाले २६ करोड ७९ लाख रुपैयाँ आर्जन गरेको छ भने चौथो नम्बरमा रहेको नेकोले २२ करोड १० लाख रुपैयाँ संकलन गर्न सफल भएको छ ।

त्यस्तै फागुनमा सर्वाधिक व्यवसाय भित्र्याउनेमा क्रमश सिद्धार्थ इन्स्योरेन्स २१ करोड ८० लाख, एनएलजी इन्स्योरेन्स २१ करोड १८ लाख, प्रिमियर २१ करोड २ लाख, आइएमई जनरल १५ करोड ६३ लाख, नेपाल इन्स्योरेन्स १४ करोड ९० लाख, अजोड १३ करोड ८७ लाख, लुम्बिनी १३ करोड ५ लाख, युनाइटेड १२ करोड २९ लाख, हिमालयन ११ करोड ८८ लाख, एभरेष्ट इन्स्योरेन्स ११ करोड १७ लाख, प्रुडेन्सियल १० करोड ९७ लाख, सानिमा जनरल १० करोड ९३ लाख, दि. ओरिएन्टल १० करोड १७ लाख, प्रभु इन्स्योरेन्स ९ करोड ३१ लाख, जनरल इन्स्योरेन्स ६ करोड ५३ लाख र नेशनल इन्स्योरेन्स कम्पनले ४ करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS