IME Life New

निर्जीवन बीमा कम्पनीको शेयर बजारमा ४ अर्ब ४६ करोड लगानी, कुल ५२ अर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक अवधिमा शेयर बजारमा मात्रै ४ अर्ब ५६ करोड रुपैयाँ लगानी गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै संस्थाक शेयरमा लगानी गरेका छन् । उनिहरुले दोस्रो बजारमा सूचिकृत कम्पनीहरुको संस्थापक शेयरमा मात्रै २ अर्ब ८० करोड रुपैयाँ लगानी गरेका छन् भने सर्वसाधारण शेयरमा एक अर्ब ६६ करोड रुपैयाँ लगानी गरेका छन् ।

शेयर बजारमा सर्वाधिक धेरै लगानी राष्ट्रिय बीमा कम्पनीको रहेको छ । कम्पनीले संस्थापक शेयरमा मात्रै लगानी गरेको छ । यस्तो लगानी ८५ करोड ९५ लाख रुपैयाँ रहेको छ । जवकी कम्पनीको कुल लगानी ५ अर्ब ८३ करोड रुपैयाँ छ ।

Esewa
Crest

शेयर बजारमा दोस्रो धेरै लगानी शिखर इन्स्योरेन्स कम्पनीको छ । कम्पनीले शेयरमा मात्रै ४२ करोड ५० लाख रुपैयाँ लगानी गर्दा कुल लगानी भने तीन अर्ब ७१ करोड रुपैयाँ छ । त्यस्तै धेरै धेरै लगानी सगरमाथाको ४२ करोड २० लाख रुपैयाँ रहेको छ । त्यस्तै अन्य कम्पनीहरु क्रमश प्रिमियमर ३१ करोड ६४ लाख, नेपाल इन्स्योरेन्स ३० करोड ८४ लाख, सिद्धार्थ इन्स्योरेन्स २७ करोड ६३ लाख, प्रभु इन्स्योरेन्स २७ करोड १८ लाख, हिमालयन २५ करोड ८४ लाख, आइएमई जनरल २४ करोड ६५ लाख रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा कम्पनीहरुले सबैभन्दा धेरै बाणिज्य बैंकको मुद्दती निक्षेपमा ३७ अर्ब ४२ करोड रुपैयाँ लगानी गरेका छन् । विकास बैंकको मुद्दती निक्षेपमा ५ अर्ब ३६ करोड रुपैयाँ लगानी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS