IME Life New

निर्जीवन बीमकले गरे मोटर बीमाबाट ११ महिनामा रु. १० अर्ब बीमाशुल्क संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा ठूलो हिस्सा ओगटेको मोटर बीमाबापतको बीमाशुल्कबापत निर्जीवन बीमकले ११ महिनामा कुल १० अर्ब ९ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्। निर्जीवन बीमा व्यवसायमा मोटर बीमाले सर्वाधिक २९.९६ प्रतिशत हिस्सा ओगटेको छ।

निर्जीवन बीमकले चालू आर्थिक वर्ष २०८०।८१ को जेठ मसान्तसम्ममा कुल १५ लाख २६ हजार ८३५ मोटर बीमालेख जारी गरेका छन्। गत आर्थिक वर्षमा मोटर बीमाबापत १७ लाख ४४ हजार ९५३ बीमालेखमार्फत निर्जीवन बीमकले १३ अर्ब ३० करोड ३६ लाख १३ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांकअनुसार चालु आवको जेठ मसान्तसम्ममा मोटर बीमावापत बागमती प्रदेशबाट सर्वाधिक ५ अर्ब ९४ करोड ३८ लाख ९० हजार रुपैयाँ बीमाशुल्क संकलन भएको छ। यो रकम ५५ प्रतिशतभन्दा बढी हो। अन्य प्रदेशको तुलनामा बागमती प्रदेशमा सवारी साधनको दर्ता अधिक संख्यामा रहेको र अधिकांश कर्पोरेट कम्पनीले केन्द्रीय कार्यालयबाटै सवारी साधनको बीमा गर्ने भएकाले पनि यहाँ जारी बीमालेख संख्या र संकलित बीमाशुल्क दुवै बढी देखिएको हो।

बीमाशुल्क आम्दानीको हिसाबले लुम्बिनी प्रदेश दोस्रो स्थानमा छ। लुम्बिनी प्रदेशबाट जेठसम्ममा निर्जीवन बीमकले १ अर्ब ४१ करोड ६५ लाख रुपैयाँ मोटर बीमाशुल्क कमाएका छन्। कोशी प्रदेशबाट १ अर्ब १० करोड ९८ लाख ३१ हजार रुपैयाँ संकलन गरेका छन्।

मोटर बीमाका लागि कर्णाली प्रदेश सबैभन्दा सानो बजार रहेको छ। कर्णाली प्रदेशबाट निर्जीवन बीमकले मोटर बीमावापत १४ करोड ८६ लाख ७३ हजार रुपैयाँ आम्दानी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS