IME Life New

निफ्राको शेयरलाई हतियार बनाएर नियोजित रुपमा नेप्से सूचक घटाउने काम भयो : लगानीकर्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। शेयर लगानीकर्ता संघ संघठनका पदाधिकारीहरुले निफ्राको शेयरलाई हतियार बनाएर नियोजित रुपमा नेप्से सूचक नकारात्मक देखाउने काम भएको आरोप लगाएका छन्। बुधबार नेप्सेको अनलाइन प्रणालीमा समस्या आउदा निफ्राको शेयर कारोबार १०० प्रतिशत घटेको देखिदा नेप्से सूचक नै प्रभावित भएको थियो।

विश्वले सर्वमान्य रूपमा स्विकार गरेको देशको अर्थतन्त्रको ऐनाको उपमा दिईएको पुँजीबजार जस्तो गरिमामय क्षेत्रलाई ३५ खर्व भन्दा माथी पुँजिकरण भएको र सिडिएससीको वेवसाइटबाट प्राप्त आजको रेकर्ड अनुसार २९ लाख २५ हजार ८ सय ९७ हितग्राही खाता (डिम्याट खाता) मार्फत कारोवार गरिरहेका छन्। हाल सक्रिय लगानिकर्ताहरूको सहभागिता दिन दिनै बढिरहेको छ। तर नेपालको पुँजीबजार सञ्चालन गर्ने जिम्मा पाएका जिम्मेवारी प्राप्त पदाधिकारी वा संस्थाले यस क्षेत्रलाई गैर जिम्मेवारी पुर्वक सञ्चालन गर्दै आएको लगानीकर्ताले आरोप लगाएका छन्।

Esewa
Crest

पुँजीबजारमा कारोवार गर्ने लगानीकर्ताहरूको हक हितको लागि खोलिएका संघ संगठनहरूले वारम्वार गुनासो गर्दा पनि नेप्सेको टिएमएस तथा वेवसाइटको समस्या, मेरो शेयरको समस्या त्यसमा पनि अनलाईन कारोवार गर्दा लगानिकर्ताका कुनै पनि कमिकमजोरी नहुँदा नहुँदै पनि झेल्नु परेको विभिन्न समस्या मध्ये इ डिआइएसको मुख्य समस्याले गर्दा क्लोज आउटमा परेर दैनिक करोडौंको क्षति व्यहोर्नु परेको लगानीकर्ताले जनाएका छन्।

२०७५ सालमा सन्चालनमा आएको अनलाईन प्रणालीमा सुरूवाती दिन देखिनै देखापरेका समस्याहरू समाधान हुनुको साटो झन झन विकराल रूप लिंदै आज  निफ्राको शेयरको कारोवारको अप्राकृतिक मुल्य र त्यसले समग्र परिसुचकमा पारेको नकारात्मक परिणामले श्रृजना गरेको लगानिकर्ताको मनोविज्ञान र राष्ट्रको एक मात्र पुँजीबजार सञ्चालक निकाय प्रतिको लगानिकर्ताहरूको विश्वसनीयतामा नराम्रो धक्का लागेको र लगानीकर्ताको शेयरको असुरक्षा भएको भन्दै लगानीकर्ताका प्रतिनिधिहरुले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

पुँजीबजारमा भर्खर सर्वसाधारण जनताको चासो र विश्वास बढ्दै गरेको,देशको आर्थिक पाटो समेत सुधारोन्मुख हुँदै गएको परिप्रेक्ष्यमा आज अचानक निफ्राको शेयरलाई हतियार बनाएर परिसुचकमा नियोजित रूपमा नकारात्मक सुचक देखाउने काम भएको लगानीकर्ताले आरोप लगाएका छन्। उनिहरुले  लगानिकर्ताहरूको मनोविज्ञान संँग खेलवाड गर्ने जो कोही पनि व्यक्ति,संस्था वा निकायहरूको यस्ता अवान्छित गतिविधीलाई कति समयसम्म सहेर बस्ने हो भनेर प्रश्न गरेका छन्। यस्ता मनोवृत्ति र घटनाहरूको नदोहोरिने कुराको प्रत्याभूति सम्बन्धित निकाय बाट कहिले गर्न पाउने हो भन्दै लगानीकर्ताले यसको यथासिघ्र सम्बोधन र समस्याको समाधानको लागि अनुरोध गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS