IME Life New

निप्सले चितवनमा रक्तदान कार्यक्रमको आयोजना गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी (निप्स) ले चितवनमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । निप्सले ‘सुरक्षित रगत सबैका लागि जीवन दान’ भन्ने नाराका साथ उक्त कार्यक्रम नारायणगढको शहिदचोकमा आयोजना गर्न लागेको हो ।

सो कार्यक्रम साउन २९ गते बुधबार हुने निप्स चितवन च्याप्टरले जनाएको छ । रक्तदान कार्यक्रम विहान ७ बजेदेखि ११ बजेसम्म संचालन हुने जनाएको छ ।

Esewa
Crest

निप्स चितवन च्याप्टरका अध्यक्ष भरत मल्लले साउन २९ गत आयोजना हुने रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि इन्स्योरेन्स कम्पनीका कर्मचारी, व्यवसायी, बुद्धिजीवी, अभिकर्ता, समाजसेवी लगायत स्थानीयवासी सहभागी भई सबैलाई रक्तदान गरी सहयोग गर्न आग्रह गरेका छन् ।

रक्तदान कार्यक्रमका संयोजक अर्जुन अधिकारीले निप्स चितवनको आयोजनामा पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना हुन लागेकोले चितवनका  इन्स्योरेन्सकर्मीहरु उत्साहित रहेको बताए ।

मल्लका अनुसार निप्स बीमा व्यवसायलाई व्यवस्थित एवं परिस्कृत बनाई बीमा व्यवसायमा स्वच्छ प्रतिस्पर्धा कायम गर्नका लागि लामो समयको प्रयासपछि गठन भएको संस्था हो । त्यसकारण इन्स्योरेन्स कम्पनीका सहकर्मीहरु, अभिकर्ता तथा शुभ चिन्तकहरुको उल्लेख्य सहभागीताको अपेक्षा गरे ।

निप्सले बीमा साक्षरता, रक्तदानलगायतका कार्यक्रमहरु गर्दै आएको र आगामी दिनहरुमा पनि यस्तै खालका बीमा सचेतना फैलाउने कार्यक्रमहरु गर्दै जाने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS