IME Life New

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर लिलामी भर्ने म्याद आज (मंगलबार) जेठ २१ गते अन्तिम दिन हो । प्रिमियर इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको उक्त संस्थापक सेयर जेठ १ गतेदेखि लिलामीमा ल्याएको हो ।

सेयरको न्यूनतम मूल्य २ हजार ५०० रुपैयाँ तोकिएको छ । यसमा मंगलबारभित्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल, काठमाडौं पुग्नेगरि बोलपत्र पेश गर्न सकिनेछ । यसैगरी, प्रिमियरको केन्द्रीय कार्यालय, नारायणचौर नक्सालबाट पनि आवेदन दिन पाइन्छ ।

Esewa
Crest

ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा र बुटवल शाखाबाट आवेदन दिन सकिनेछ । बाग्लुङ, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS