IME Life New

नन ट्यारिफ इन्स्योरेन्स पोलिसीको दर फिर्ता लिन नेपाल उद्योग बाणिज्य महासंघको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले नन ट्यारिफ विजनेसलाई न्युनतम शुल्क निर्धारण गरेको भन्दै समितिलाई ध्यानाकर्षण गराएको छ । महासंघले प्रेश विज्ञप्ती जारी गर्दै बीमा समितिले गएको असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैर शुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दरको सिमा तोकेको प्रति गम्भीर ध्यानाकर्षण गराएको हो ।

खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्धारा प्रिमियम वृद्धि सोही दरलाई नै न्युनतम सिमा तोकिदा एकाएक आयोजनाको लागत बढ्न जाने महासंघको धारणा छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ/संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रीमियम शुल्क भुक्तानी गरेपनि विमितले विमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएका छन् । यस बिषयमा सबै सरोकारवालासंग अविलम्व छलफल गर्न पनि महासंघले माग गरेको छ ।

Esewa
Crest

यसैगरि बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकाय समितिद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुल्क विमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न महासंघले आग्रह गरेको छ । खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्धारा मुल्य निर्धारण हुने हुदा न्युनतम शुल्क तोक्न नहुने महासंघको धारणा छ ।

साथै अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवर्द्धन र रोजगारी सिर्जना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष महासंघले गम्भीर आग्रह गरेको छ । बीमा समितिले केहि समय अगाडि बीमा कम्पनीहरु मार्फत सित्तैमा बीमा हुन थालेको भन्दै नन ट्यारिफ विजनेसलाई न्युनतम दर निर्धारण गरिदिएको थियो । समितिले यसरी दर निर्धारण गर्दा जलविद्युत तथा निर्माण व्यवसायीहरुले महंगो बीमा शुल्क तिर्नु परेपछि व्यवसायीहरुले विरोध गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS