IME Life New

दोस्रो बजारमा अनलाइन प्रयोगकर्ता ८० प्रतिशतले नाघे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजारमा अनलाइन प्रयोगकर्ताको सहभागिता बढेको छ। आइतबार नेपाल स्टक एक्सचेन्जले सर्वाधिक नयाँ रेकर्ड बनाउदा अनलाइन मार्फत ८० दशमलब ०६ प्रतिशत कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आइतबार दोस्रो बजारमा ५० हजार ९ सय ३२ लगानीकर्ताले कारोबार गरेका थिए। जस मध्ये अनलाइनबाटै ४० हजार ७७८ जनाले कारोबार गरेका हुन्। दोस्रो बजारमा सुधार हुन थाले सँगै अनलाइन प्रयोगकर्ता बढेका हुन्। कोभिड १९ का कारण सरकारले भौतिक उपस्थीतिलाई रोक  लगाए सँगै अनलाइन प्रयोगकर्ताको संख्या बढेको हो।

पछिल्लो समय लगानीकर्ताहरुले दोस्रो बजार कारोबारमा उत्साहजनक सहभागिता जनाउँदै आएको नेप्सेले जनाएको छ। यसको निरन्तरताका लागि दोसो बजार कारोवार सेवालाई सहज, सुरक्षित, विश्वसनीय तथा पारदर्शी बनाउने नेप्सेको उद्देश्य अनुरुप प्राविधिक, नीतिगत तथा सस्थागत पूर्वाधारहरुमा सुधार गरिएको नेप्सेले जनाएको छ । साथै लगानीकर्ताहरुको लगानीको हित सरक्षणका लागि नेप्से सदैव तत्पर रहेको नेप्सेले उल्लेख गरेको छ।
यसरी नेप्सेको कार्यमा सदैव सहयोग गर्ने नेपाल सरकार अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, सम्पूर्ण सदस्य दलाल लगायतका सरोकारवालाहरुलाई नेप्सेले धन्यवाद दिएको छ।

Esewa
Crest

आइतबार दोस्रो बजारमा ८७ हजार ६ सय ७० कारोवारमा १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३ सय ४ रुपैयाँ बराबरका १ करोड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता सेयर किनबेच भएका छन् । यसैगरी समग्र सेयर बजार परिसूचक नेप्से यस दिन २५२४ बिन्दु कायम भएको छ । कारोबार रकम तथा बजार परिसूचकका आधारमा धितोपत्रको दोस्रो बजारमा कायम भएको नयाँ कीर्तिमान हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS