IME Life New

दुई इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले गर्दैछन् एजिएम?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि चैत १७ गते बुक क्लोज गर्ने भएसँगै आजसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउन तथा सभामा भाग लिन सक्नेछन् ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चैत ३० गते बीसौ वार्षिक साधारणसभा डाकेको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम रहेको चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने रकम १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनश शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

Esewa
Crest

त्यस्तै प्रबन्ध पत्रको दफा ५ को ख मा रहेको पूँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्नेछ । नियमावलीको नियम ५ को ख र घ मा रहेको पूँजी सम्बन्धी व्यवस्थालाई संशोधन गर्नेछ ।

प्रवन्ध पत्रको दफा ३.१ मा रहेको उद्देश्य अन्तर्गत सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने गराउने व्यवस्था थप गर्ने विशेष प्रस्ताव साधारण सभामा स्वीकृतिका लागि पेश गर्नेछ । यस प्रस्ताव पास भएसँगै कम्पनीले म्युचुअल फण्ड निष्काशन गर्न सक्ने छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्नेछ । नियमावलीको नियम २८ को उप नियम एकमा रहेको सञ्चालकलाई प्रदान गरिने बैठक भत्ता सम्बन्धी व्यवस्थालाई संशोधन गरी बैठक भत्ता बृद्ध गर्ने प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण, तथा अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

त्यसैगरी प्रभु इन्स्योरेन्स कम्पनीले लाभांश २६औं वार्षिक साधारण सभा चैत ३० गते गर्ने भएको छ । कम्पनीले सभा प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजे गर्ने एक सुचना जारी गर्दै जनाएको छ । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितीको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले ११ प्रतिशत बोनश शेयर र शून्य दशलमव ५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनश र कर प्रयोजनका लागि ० दशमलव ५८ प्रतिशत नगद लाभांश सहित कुल ११ दशमलव ५८ लाभांश प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS