IME Life New

दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई बुझिलिन राष्ट्रिय बीमा कम्पनीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा दाबी भुक्तानी बुझिलिन बाँकी रहेको आफ्ना बीमितहरुलाई कम्पनीमा सम्पर्क गर्न राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आग्ह गरेको छ । आफ्नो कारोबारको क्रममा बीमा दाबी भुक्तानी गर्नुपर्ने रकम बाहेक कुनै पनि रकम भुक्तानी गर्न बाँकी बक्यौता नराखेको कम्पनीले बताउदै कथमकदाचित भुक्तानी हुन बाँकी रहेमा सम्बन्धी बीमितहरुलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।

कुनै पनि ब्यक्ति, संघ, संस्था समेतलाई व्यवसायका सिलसिलामामा बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको भए ३५ दिनभित्र के कति र के वापतको रकम भुक्तानी हुन बाँकी रहेको हो सो को प्रमाण कम्पनीको प्रमुख कार्यकारी अधिकृतको सचिवालय, केन्द्रीय कार्यालय, रामशाहपथ काठमाडौंमा भुक्तानी माग गर्न आउन कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

साथै तोकिएको समयभित्र सम्बन्धी बीमितबाट भुक्तानीका लागि माग भई नआएमा वा रीत नपुगी आएमा भुक्तानी नहुने र भविष्यमा यस्तो मागदाबी उपर कुनै कारबाही नहुने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS