IME Life New

दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई बुझिलिन हिमालयन एभरेष्ट इन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले बीमा भुक्तानी लिन बाँकी रहेका बीमितहरुलाई कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ । कम्पनीले लामो समयदेखि दाबी फरछ्यौट गरी हालसम्म पनि भुक्तानी लिन नआएका बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन आग्रह गरेको हो ।

कम्पनीमा विभिन्नस समयमा परेको सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, विविध बीमा, बाली तथा पशुपन्छी बीमा तथा लघुबीमाका दाबीहरुको दाबी निवेदन प्राप्त भएको र सोपश्चात सम्पर्कमा नआएका बीमितहरुलाको लामो समयदेखि दाबी भुक्तानी हुन बाँकी रहेको हुँदा उक्त बीमा दाबी फर्छ्यौट गर्न कम्पनीले बीमितहरुलाई आग्रह गरेको हो ।

Esewa
Crest

२०८० बैशाख मसान्तसम्म दाबी परेका सम्बन्धीत बीमितहरुले दाबी फर्छ्यौटका लागि आवश्यक कागजात सहित सुचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा कम्पनीको नजिकको शाखा तथा उपशाखा कार्यालय वा कम्पनीको दाबी विभाग केन्द्रीय कार्यालय, थापागाउँ, काठमाडौंमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

सम्बन्धीत बीमितहरुले सुचना प्रकाशित भएको मितिले २१ दिनभित्रमा पनि दाबी फर्छ्यौटको लागि आवश्यक काजगातहरु प्राप्त नभएमा उक्त दाबी फाइलहरु बन्द गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS