IME Life New

दाबी भुक्तानी लिन बाँकी रहेका बीमितलाई बुझिलिन सगरमाथा लुम्बिनीको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कम्पनीले लामो समयदेखि लिन बाँकी रहेको दाबी भुक्तानी बुझिलिन बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै आवश्यक कागजपत्र संकलन गरी ३५ दिनभित्र कम्पनीमा पेश गर्न आग्रह गरेको हो । कम्पनीले जारी गरेको बीमालेखमा दाबी गरी भुक्तानी हुन काँकी रहेका बीमितहरुलाई आवशयक कागजात संकलन गरी कम्पनीमा बुझाई दाबी लिन आग्रह गरेको हो ।

कम्पनीले साविकको सगरमाथा इन्स्योरेन्स तथा लुम्बिनी जनरल इन्स्योरेन्सबाट जारी भएका बीमालेख अन्तर्गत दाबीको जानकारी कम्पनीमा गराई कम्पनीबाट दाबी भुक्तानी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु विगत लामो समयदेखि नबुझाई बसेका बीमितहरुलाई सूचनामार्फत आवश्यक काजगातहरु बुझाउन आग्रह गरेको हो ।

Esewa
Crest

कम्पनीबाट बारम्बार ताकेता गर्दा पनि नबुझाएका कागजातहरु सूचना जारी भएको मितिबाट ३५ दिन भित्र आफुले बीमा गरेका कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क राखि बुझाउन बांकी रहेका सम्पूर्ण कागजातहरु बुझाई दाबी फरख फारख गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।

कम्पनीले तोकिएको ३५ दिनभित्र पनि दाबी सम्बन्धमा माग गरिएका आवश्यक कागजातहरु नबुझाउने दाबीकर्ताहरुको हकमा निजहरुसँग सम्बन्धित दाबी फाईल बन्द भई तामेलीमा जाने कम्पनीले सोही सुचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS