IME Life New

दाबी भुक्तानीका आधारमा बीमा कम्पनीहरूको बर्गीकरण गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा दाबी भुक्तानीका आधारमा बीमा कम्पनीहरूको बर्गीकरण गर्न शुरू गरिने बताएका छन् । अध्यक्ष सिलवालले बीमा कम्पनीहरूबाट बीमा दाबी भुक्तानी नभएको भन्ने धेरै गुनासा संचार माध्यमबाट तथा प्राप्त उजुरी र समितिबाट निरीक्षण गर्दा देखिएको उल्लेख गर्दै दाबी भुक्तानीलाई आधार मानेर मात्र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको म्याद थप लगायतका विषयमा निर्णय गर्ने बताए ।

सिलवालले आम जनतामा बीमाप्रतिको विश्वास कायम राख्न समेत बीमा कम्पनीहरू कानूनको मार्गदर्शन अनुसार चल्नुपर्ने बताए । बीमा कम्पनीहरूले बीमितसँग सम्झौता गरेर बीमा गरेपछि बीमा दाबी भुक्तानी दिनैपर्छ उनले भने ‘बीमा कम्पनीहरू ठीक ट्रयाकमा नगए कारवाही गर्छौ ।’

Esewa
Crest

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलज्यूले बीमा कम्पनीहरूले बीमा गर्न चाहनेको वित्तीय अवस्था र स्वास्थ्य स्थितिका बारेमा राम्रो जानकारी लिएर बीमा गरेमा दाबी भुक्तानीमा समस्या नहुने बताए । निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले बीमा प्रस्तावकको प्रिमियम तिर्न सक्ने क्षमता तथा स्वास्थ्य अवस्था लगायतको उचित मूल्याङ्कन गरेर बीमा कम्पनीहरूले जोखिम व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइन् ।

स्रोत : बीमा समिति बुलेटिन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS