IME Life New

तेस्रो त्रैमाससम्म लघु निर्जीवन बीमकको प्रिमियम कलेक्सन साढे १५ करोड, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म लघु निर्जीवन बीमकले साढे १५ करोड रुपैयाँको व्यापार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ वटा लघु निर्जीवन बीमकले ६८ हजार ७७९ वटा बीमालेख जारी गर्दै १५ करोड ५३ लाख रुपैयाँको कुल बीमाशुल्क आर्जन गरेका हुन्।

समीक्षा अवधिसम्म सबैभन्दा बढी व्यवसाय गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले ३३ हजार ७०४ वटा बीमालेख जारी गरेर ६ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

यसैगरी दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १५ हजार ६२३ वटा बीमालेख जारी गरेर ४ करोड ९८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

त्यस्तै स्टार माइक्रो इन्स्योरेन्सले १६ हजार ६८६ वटा बीमालेख जारी गरेर ३ करोड २८ लाख रुपैयाँ र ट्रस्ट माइक्रो इन्स्योरेन्सले २ हजार ७६६ बीमालेख जारी गरेर ६३ लाख ५४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS