IME Life New

तीन महिनामा निर्जीवन लघु बीमकले भित्र्याए साढे १८ करोड बढीको व्यापार, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन लघु बीमकहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)सम्म साढे १८ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिसम्म ४ वटा निर्जीवन लघु बीमकले ६९ हजार ७९० वटा बीमालेख जारी गर्दै १८ करोड ५६ लाख ३९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

Esewa
Crest

सर्वाधिक व्यापार गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले २० हजार ७८० वटा बीमालेख जारी गर्दै ५ करोड ५० लाख ५३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले १५ हजार ५४६ वटा बीमालेख जारी गर्दै ४ करोड ६१ लाख २६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

यसैगरी ट्रस्ट माइक्रो इन्स्योरेन्सले १४ हजार ८७४ वटा बीमालेख जारी गर्दै ४ करोड २६ लाख ५५ हजार रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्स १८ हजार ५९० वटा बीमालेख जारी गर्दै ४ करोड १८ लाख ५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS