IME Life New

तीन इन्स्योरेन्स कम्पनीको साधारण सभा आज हुँदै, लाभांश प्रस्ताव पारितसँगै यस्ता छन् अन्य प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज ३ वटा कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । आज हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा हुँदैछ ।

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्ताइसौं वार्षिक साधारण सभा  कम्पनीको केन्द्रिय कार्यालय, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने जनाएको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीलाई ३ दशमलव ७५ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

Esewa
Crest

त्यसैगरी, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात , नाफा(नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गर्नुका साथै लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि जेठ १३ गतेदेखि बुकक्लोज गरेको छ । त्यसैले जेठ १२ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको सोर्हौ वार्षिक साधारण सभा आज भर्चुअल माध्याममार्फत् अपरान्न ४ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र ५ प्रतिशतले नै हुन आउने नगद लाभांश गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि जेठ १४ गते एकदिनका लागि बुक क्लोज गरेको छ । त्यसैले जेठ १३ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औँ वार्षिक साधारण सभा आज काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने कम्पनीले जनाएको छ। सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम गत आर्थिक वर्षको मुनाफाबाट १५ दमलव ७८९४ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ। जसमा ३ दशमलव ७८९४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) र १२ प्रतिशतले हुन आउने बोनश शेयर रहेको छ ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गरेको छ। त्यसैले जेठ १३ गतेसम्म कायम शेयरधनीहरुमात्र यो कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS