IME Life New

तिलोत्तमा प्रिमियर लिगका खेलाडीहरुको दुर्घटना बीमा जनरल इन्स्योरेन्समा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । “सर्वोत्तम सिमेन्ट तिलोत्तमा प्रिमियर लिग २०७८” क्रिकेट प्रतियोगितामा सहभागी खेलाडी तथा अफिसियलहरुको सामुहिक दुर्घटना बीमा जनरल इन्स्योरेन्स कम्पनीमा हुने भएको छ । तिलोत्तमा क्रिकेट विकास समिति, तिलोत्तमा, रुपन्देहीको आयोजनामा हुने उक्त खेलमा पार्टनरको भुमिका समेत जनरल इन्स्योरेन्स कम्पनीले गर्ने जनाएको छ ।

उक्त खेल यही चैत १७ गते देखि चैत २४ गतेसम्म सञ्चालन हुनेछ । जसका लागि जनरल इन्स्योरेन्स कम्पनी बुटवल शाखा र तिलोत्तमा क्रिकेट विकास समिति, तिलोत्तमा, रुपन्देही बिच सम्झौता सम्पन्न भएको छ ।

Esewa
Crest

उक्त सम्झौतामा जिआइसी नेपालको तर्फबाट शाखा प्रमुख बिक्रम कंडेल र आयोजकको तर्फबाट अध्यक्ष दिपक शर्मा भुर्तेलले हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा बोल्दै बुटवल शाखा प्रमुख बिक्रम कंडेलले खेलकुदको विकासका लागी सहकार्य गर्ने अवसर प्रदान गरेकोमा तिलोत्तमा क्रिकेट विकास समितिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ बढि चुस्त दुरुस्त विमा सेवा प्रदान गर्ने प्रतिबद्दता व्यक्त गरे ।

उक्त कार्यक्रममा तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जनरल इन्स्योरेन्स कम्पनी नेपालले क्रिकेटको विकासमा देखाको अग्रसरताको लागी विशेष आभार प्रकट गर्दै आगामी दिनमा अझ बढि सहकार्य गर्दै जाने व्यहोरा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS