IME Life New

तारागाउँ रिजेन्सी होटल्सले फागुन १४ गते डाक्यो २४ औ वार्षिक साधारणसभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। तारागाउँ रिजेन्सी होटल्सले फागुन १४ गते २४ औ वार्षिक साधारणसभा डाकेको छ। होटल्सले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १० प्रतिशत नगद लाभांसको प्रस्ताव साधारणसभामा पेश गर्नेछ।

यस सधारणसभाले शेयरधनी समुह ‘ग’ बाट एक जना संचालकको निर्वाचन गर्ने जनाएको छ। कोभिड १९ को महामारीको कारण होटल्सले भर्चुअल माध्यमबाट साधारणसभा गर्ने भएको छ। साधारणसभा प्रयोजनका लागि होटल्सले माघ ३० गतेदेखि फागुन १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ। माघ २९ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांस पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन्।

Esewa
Crest

होटल्सले गत आर्थिक वर्षमा १६ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो। कोभिड १९ का कारण नेपाल सरकारले लकडाउन गर्नुका साथै विदेशी पर्यटकको आवागमन हुन नसक्दा मुनाफामा भारि गिरावट आएको हो। अघिल्लो आर्थिक वर्षमा होटल्सको मुनाफा ३५ करोड ३२ लाख रुपैयाँ थियो। मुनाफामा गिरावट सँगै होटल्सको प्रतिशेयर आम्दानी १८ रुपैयाँबाट ८ रुपैयाँमा खुम्चिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS