IME Life New

डुडुवा गापामा एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले बाँके जिल्लाको डुडुवा गाउँपालिकामा कृषि तथा पशुपंक्षी बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम फाल्गुन २४ गते वडा नं ५ का वडा अध्यक्ष झन्क बहादुर थापाको प्रमुख आतिथ्य र एनएलजी इन्स्योरेन्स कम्पनी नेपालगंजका शाखा प्रमुख बिवेक भण्डारीको सभापतित्वमा सम्पन्न गरेको हो ।

उक्त सचेतना कार्यक्रममा वडा नं ५ का वडा सदस्य जहिर यादव, कम्पनीका बजार प्रतिनिधी रजिश भण्डारी , दाबी बिभागका कर्मचारी चित्र बि.क.लगायत बिभिन्न तह र तप्काका सरोकारवालाहरु र पालिकाका बिभिन्न वडाका कृषक तथा कृषि पेसामा आवद्ध व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

उक्त कार्यक्रममा एनएलजी इन्स्योरेन्स कम्पनी नेपालगंज शाखा प्रमुख बिवेक भण्डारीले छलफल कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, बीमाका प्रावधान र कृषि बीमाको महत्वका बारेमा जानकारी गराउँदै पशुबीमा तथा कृषी बीमा कसरी गर्ने, कुनै क्षति भए कसरी दावी लिने बिषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा प्रमुख अतिथी झन्क बहादुर थापाले कृषी बीमा सम्बन्धी छलफल कार्यक्रम पालिकाका किसानहरुको घरदैलोमा नै आएर कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै पशु बीमामा झै वाली तथा तरकारी बीमालाई पनि अभियानको रुपमा अगाडी बढाउन एनएलजी इन्स्योरेन्स कम्पनीलाई अनुरोध गरे । साथै, सरकार द्वारा ल्याईएको कृषि तथा पशुपंक्षी बीमाको लागि पालिकाबाट हर सम्भव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्थानिय कृषकहरु र जनप्रतिनिधीहरु गरी जम्मा ६३ जनाको सहभागीता रहेको थियो । उक्त छलफल कार्यक्रममा सहभागी किसानहरुले बीमा दावी भुक्तानीमा सहजता ल्याउनु पर्ने , समयानुसार पशुचौपायाहरुको बीमांक रकम बढाउनु पर्ने , बाली बीमा गर्ने कार्य झन्झटिलो भएकोले सहजता ल्याउनु पर्ने कुराहरु राखेका थिए ।

छलफलको क्रममा उठेका गुनासाका बारेमा कम्पनीका शाखा प्रमुख बिवेक भण्डारीले दावी भुक्तानी छिटो छरीतो रुपमा भइरहेको र कंही कतै कमजोरी रहेको छ भने त्यसलाई सुधार गर्दै जाने र बीमांक रकममा समेत आपसी समझदारीमा चलनचल्तीको दर रेटमा बीमांक रकम कायम गरिने प्रतिबद्धता व्यक्त गरे ।

उक्त छलफल कार्यक्रमको संचालन कर्ण प्रिय रानाले गरेका थिए । पशु प्राबिधिक डिल्ली बहादुर खड्काले बीमा का प्रकृयाहरु र किसानहरुले पालना गर्नुपर्ने प्राबिधिक बिषय मा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS