IME Life New

डिएभी स्कुल वीरगञ्जको २६ औँ वार्षिकोत्सव सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

वीरगञ्ज । डिएभी स्कुल वीरगञ्जको २६ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । स्वर्गिय शंकरलाल केडियाको ८४ औं जन्मजयन्तीको अवसर पारी एक सातादेखि विविध कार्यक्रम गरी यस वर्षको वार्षिकोत्सव मनाएको स्कुलले जनाएको छ ।

स्कुलले ६ डिसेम्बर राष्ट्रिय स्तरको वकृत्वकला प्रतियोगिता, ७ डिसेम्बर विज्ञान प्रदर्शनी तथा मेला, ८ डिसेम्बर खेल दिवस लगाएतका कार्यक्रम गरी आज सांस्कृतिक कार्यक्रम तथा प्रशंसा पत्र वितरण गरी २६ औँ वार्षिकोत्व मनाएको हो ।

Esewa
Crest

कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक डा.त्रिदेव उपाध्यायको संयोजनमा समापन भएको थियो ।

त्यस्तै, कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौँका समाजसेवी चन्द्र केसी, विद्यालयका डाइरेक्टर प्रदिप केडिया, विद्यालय सञ्चालन समितिका उपाध्यक्ष डा.विजयकुमार अग्रवाल,डिपिएसका प्रधानाध्यपाक डा. जिएस चौधरी, वीरगञ्जका व्यवसायी सत्यनारायण मित्तल, घनश्याम दास चाचान, परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरका वडा अध्यक्ष गजेन्द्र पटेल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा डिएभीका छात्रछात्राहरुले समाजिक कुरुति हटाउन विभिन्न सन्देशमुलक गीतसंगीत प्रस्तुत गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयको कामकाजमा योगदान पु¥याउने विद्यालयका प्रबन्धक दिलिप गुप्ता, शिक्षक सुधीर सिंह, दिपक क्षेत्री, चन्देश्वर साह, अन्जु बर्मा,मुन्ना साह, पलब ठाकुर,कर्मचारी विजय पटेलगायतलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS