IME Life New

ट्रष्ट माइक्रो इन्स्योरेन्सको एजीएम आह्वान, सर्वसाधारणलाई आइपीओ, कर्मचारीलाई ५% शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले आउँदो असार २२ गते वार्षिक साधारणसभा आह्वान गरेको छ। सभा रुपन्देहीको बुटवल–९ स्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सर्वसाधारणका लागि आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। यसका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिको अख्तियारी प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

सोही सभाले सर्वसाधारण शेयरधनीहरुलाई छुट्याइएको शेयरबाट कर्मचारीलाई ५ प्रतिशत शेयर छुट्याउने गरी प्रबन्धपत्र संशोधन गरिने प्रस्ताव पनि स्वीकृत गरेको छ।

सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह वितरणलगायत सोही अवधिको वित्तीय विवरणहरुसहित अनुसूचीहरुउपर छलफल गरी पारित गर्नेछ। सभाले आव २०७९।८० का लाग सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नुका साथै आव २०८०।८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले समूह ‘क’ बाट सञ्चालक समितिको चयन (निर्वाचन) गर्नुका साथै स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS