IME Life New

ट्रष्ट माइक्रो इन्स्योरेन्सको नाफा १.१४ करोड, कुल बीमाशुल्क आर्जन पौने २४ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०।८१को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले १ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) २.१९ रुपैयाँ रहेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीले २३ लाख ८४ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन भने ६ लाख ३८ हजार रुपैयाँ रहेको छ।

चुक्तापुँजी ५२ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्म महाविपत्ति कोषमा ७ लाख १२ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको महाविपत्ति कोषमा १ लाख ३८ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको रिटेन्ड अर्निङमा ६२ लाख १८ हजार रुपैयाँ र अन्य इक्विटी १ लाख ४२ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म रिटेन्ड अर्निङमा ११ लाख ६६ हजार र अन्य इक्विटीमा २७ हजार ६१४ रुपैयाँ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS