IME Life New

ट्रष्ट माइक्रो इन्स्योरेन्सले एक महिनामै संकलन गर्यो एक करोड बीमाशुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ट्रष्ट माईक्रो इन्स्योरेन्सले एक महिनामै १ करोड बीमाशुल्क आर्जन गरेको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्सले कारोबार सुरु गरेको ३८ औँ दिनमा १ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको हो।

कम्पनीको केन्द्रीय कार्यालय वुटवलमा कुल १ करोड बीमाशुल्क आर्जन गरेको खुसीयालीमा कर्मचारीहरुले केक काटेर खुसी आदानप्रदान समेत गरिएको थियो ।

Esewa
Crest

गत चैत ९ गतेदेखि औपचारिक रुपमा कारोबार सेवा सुरु गरेको यस माइक्रो इन्स्योरेन्सले ७ लाखसम्मको सामुहिक तथा व्यक्तिगत दुर्घटना बीमा, ५० लाख रुपैया सम्मको घर, सम्पत्ति र सावारी साधन बीमा सेवा दिने गरेको छ ।

सरकारले हरेक प्रदेशमा एउटा एउटा लघुबीमा कम्पनीलाई लघुबीमा सेवा सञ्चालनका लागि अनुमति दिएकोमा लुम्बिनी प्रदेशमा यही ’ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी’लाई अनुमति दिएको हो।

कुल ७५ करोड चुक्ता पूँजी राखेर नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त उक्त लघु निर्जीवन बीमा कम्पनीले तिलोत्तोमामा मुख्य कार्यालय राखेपनि सेवा भने काठमाडौँसहित धेरै जिल्लाबाट प्रवाह गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS