IME Life New

टिभीएस अपाचे रेस ट्रयाकको लागि छनौट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको लागि टिभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभीएस बाइक राइडरहरुलाई लक्षित गरेर अघि सारेको नयाँ योजना टिभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्सको प्रारम्भिक चरणको छनौट प्रतियोगीता सम्पन गरेको छ ।

यस छनौट चरण पार गर्न सफल भएका २५ जना टिभीएस अपाचे राइडरहरुले भारतको चेन्नईमा रहेको मद्रास मोटर रेस ट्रयाकमा अपाचे बाइक दौडाउनुको अनुभव संगाल्न पाउनेछन्।

Esewa
Crest

टिभीएसले गत वर्ष पनि यस्तै रेस ट्रयाक योजना संचालन गरिसकेको र त्यसबाट प्राप्त प्रतिक्रियाबाट उत्साहित भएर यो वर्ष पनि त्यस्तै योजना संचालन गरेको जानकारी दिन हुँदै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले भने “हामी हाम्रो टिभीएस राइडरहरुलाई बाइकको नयाँ डिजाइनसँगै नयाँ नयाँ रोमाञ्चक अनुभूति प्रदान गर्न पनि दत्तचित्त हने गर्दछौं र त्यसैको एक उदाहरण यो मद्रास रेस ट्रयाक पनि हो ।”

टिभीएस अपाचेका राइडरहरुलाई रेस ट्रयाकमा सम्मिलित गराउने लक्ष्यका साथ टिभीएस अपाचे रेस ट्रयाक एक्सपेरियन्स योजना असार देखि कार्तिकसम्म संचालन गरिएको यस योजना अन्तर्गत सहभागी हुन चाहनेले टिभीएस अपाचे आरआर ३१० र २०० को टेस्ट राइड प्रक्रियामा सामेल हुनु पर्ने शर्त राखिएको थियो, जसमा टेस्ट राइड गर्नेहरुको संख्या अत्याधिक रहेको थियो ।

जसमध्ये यस छनौट चरणको लागि गोला प्रथाद्वारा ५० जनाको नाम चयन गरिएको छ र छनौट चरणबाट प्रारम्भमा ३० जनाको नाम चयन गरी अन्तिम चरणको अन्तर्वार्ताबाट अन्तिम सहभागीहरु २५ जनाको नाम घोषणा गरिनेछ ।

छनौट चरणमा सहभागी हुने बाइक राइडरहरुको चयन उनीहरुको बाइक हाँक्ने खुबी, शारीरिक सक्षमता,अनुशासन आदिका आधारमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS