IME Life New

ज्योति लाइफद्धारा मृत्यु दाबी तथा मासिक शैक्षिक खर्च प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको चरिकोट शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी तथा बच्चाको लागि मासिक शैक्षिक खर्च प्रदान गरेको छ। दोलखा जिल्ला मेलुङ गाउँ पालिका वडा नं १, निवासी रमेश तामाङलाई उक्त बीमा बापतको रकम भुक्तानी गरिएको हो।

निज रमेश तामाङको श्रीमती मैना तामाङले आफू प्रस्तावक बसी ज्योति लाइफमा २०७७ असार ३१ गते पाँच लाख बीमांक रकमको ज्योति सुनौलो भबिस्य बाल जीवन बीमा र म्यादी जीबन बीमा योजनामा १८ बर्षको लागि बीमा गरेकी थिइन् ।

Esewa
Crest

बीमितले बीमा बापत २ किस्ताको ६४ हजार ३८४ रुपैयाँ भुक्तानी गरेका थिए । प्रस्तावक मैना तामाङको २०७९ श्रावण ५ गते मृत्यु भएउक्त दाबी वापतको रकम मेलुङ गाउँपालिका दोलखाका अध्यक्ष हिरा थोकरले स्व.मैना तामाङको श्रीमान रमेश तामाङ लाई ४ लाख ६७ हजार ८०८ रुपैयाँ र निजका कान्छो छोरा जेम्स तामाङलाई मासिक शैक्षिक खर्च बापत ५ हजारका दरले २ महिनाको १० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

अबदेखि बच्चाको लागी मासिक शैक्षिक खर्च बापत प्रत्येक महिना ५ हजारका दरले १५ बर्ष सम्म नौ लाख रुपैयाँ बच्चाको बैंक खातामा जम्मा गरिदिने र बीमाको प्रत्येक बर्ष गर्नुपर्ने नवीकरण बापतको १५ बर्षको बीमाशुल्क पनि छुट दिने र बीमा समाप्ति मितिमा पाँच लाख रुपैयाँ र आर्जित बोनश बीमित जेम्स तामाङ लाई एकमुष्ट भुक्तानी गर्ने ज्योति लाइफ इन्स्योरेन्स चरिकोट शाखाका प्रमुख चुडा बहादुर श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हिरा थोकरले सम्पूर्ण नेपालीहरु बीमामा आबद्ध हुनुपर्ने र बीमा दुखको साथी र दुख पर्दा काम लाग्ने बताउदै बीमितको घरमै पुगेर समयमै दाबी भुक्तानी दिएको भन्दै कम्पनी लाई धन्यवाद ब्यक्त गरे ।

कम्पनीले देशभर १३० शाखा संजालमार्फत सेवा सुबिधा दिईरहेको छ। यसअघि पनि चरिकोट शाखाले साधारण मृत्यु,दुर्घटना बापत र घातक रोग बापत ४ जना बिमित तथा आफन्तहरूलाई भुक्तानी दिसकेको छ।

कार्यक्रममा मेलुङ गाउँपालिका वडा नं(१ का वडाध्यक्ष ईश्वर कोईराला,सोही पालिकाका वडा नं७,का वडाध्यक्ष नवराज खडका स्थानीय जनप्रतिनिधि कम्पनीका कर्मचारी सिनियर एजेन्सी मेनेजर लगायत स्थानीयको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS