IME Life New

‘जोखिमका आधारमा नेपालको हवाई क्षेत्रको बीमा दर न्यायोचित छैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विमान सञ्चालक संघका अध्यक्ष मनोज कार्कीले जोखिमका आधारमा नेपालको हवाई बीमा दर न्यायोचित नरहेको बताएका छन्।

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन)ले पहिलोपटक आयोजना गरेको काठमाडौंमा हवाई बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रुपमा रहेका कार्कीले यस्तो धारणा राखेका हुन्। ‘हवाई क्षेत्रमा थुप्रै चुनौती छन्। भौगोलिक हिसाबले, साना र साँघुरा रनवेजस्ता भौतिक पूर्वाधारका हिसाबले थुप्रै चुनौती छन्’, उनले भने, ‘स्वदेशी बीमा कम्पनीले प्रदान गर्ने बीमा कभरेजको रेट निकै धेरै छ। नियामकीय प्रावधानबाट पनि रेट बढी भएको हुन सक्छ। स्वदेशी बीमा कम्पनीबाट प्रदान गरिने बीमा कभरेजले अहिले हवाई क्षेत्रमा देखिएको चुनौतीसँग मिल्दोजुल्दो छैन।’

Esewa
Crest

नेपालको हवाई क्षेत्रको अवस्थालाई लिएर बीमा कम्पनीहरुले हवाई बीमाको उच्च दर न्यायोचित रहेको मान्न सक्ने कार्कीले बताए। ‘तर, पछिल्लो ५ वर्षको अवधिलाई हेर्ने हो भने बीमा कम्पनीहरुले हवाई बीमाको कभरेज गरेर त्यति धेरै नोक्सानी व्यहोर्नुपरेको छैन’, उनले भने ।

नेपालको हवाई क्षेत्रमा बीमा सेवा प्रदान गरिरहेका विदेशी बीमा कम्पनीहरुले पनि नेपालको हवाई क्षेत्र असुरक्षित रहेको महसुस गरेका हुन सक्ने कार्कीले बताए। ‘म उहाँहरुलाई हामीमाथि विश्वास गर्छ आग्रह गर्छु । र म भन्न चाहन्छु कि जुन प्रिमियममा तपाइँहरुले बीमा सेवा प्रदान गरिरहनुभएको छ, त्यसैले तपाइँको व्यापार र दाबी भुक्तानीमा न्याय गरिरहेको छ’, उनले भने, ‘म यो दाबी भुक्तानी कम होस् भन्ने अपेक्षा पनि राख्छु।’

कार्कीले थुप्रै विदेशी कम्पनीले नेपालको हवाई बीमा क्षेत्रमा आउन अस्वीकार गरेको बताए। ‘त्यसैले नेपालका बीमा कम्पनी र नियामकले हवाई बीमा देखिएका चुनौतीको समाधान खोज्नुपर्छ । यसो भएमा नेपालको हवाई क्षेत्रको बीमा कभरेज हुनेछ र रेट पनि घट्नेछ’, उनले भने।

नेपालका बीमा कम्पनीहरु केही बीमा कभरेज प्रदान गर्न समक्ष रहेको पनि कार्की बताए। ‘अहिले बीमा बजारको फराकिलो बन्दै गएको छ। यस्तो अवस्थामा सम्पूर्ण हवाई क्षेत्र नभए पनि केही हिस्सामा बीमा कभरेज प्रदान गर्नुपर्छ’, उनले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS