IME Life New
GBIME

जीवन बीमा भर्सेज मुद्दती खाता, मन्जु थापाको विश्लेषण

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

जीवन बीमा गर्ने सम्बन्धमा शिक्षित वर्गमा पर्ने व्यक्तिहरुले नै मुद्दती खातामा भन्दा कम प्रतिफल आउछ भनि तुलना गर्ने गरेको भेटिन्छ । जीवन बीमा र मुद्दती खाता फरक फरक उद्देश्य भएका वित्तिय उपकरण हुन् । यीनीहरुले कुनै पनि अवस्थामा एक अर्कालाई प्रतिस्थापन गर्न सक्दैनन् । यस लेखमा यी दुई वित्तीय उपकरणले दिने सुविधामा अंकमा कति फरक पर्छ,  हेर्न खोजिएको छ ।

जीवन बीमा

Crest

जीवन बीमा व्यवसाय गर्ने गरी प्रचलित कानून बमोजिम सन्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले जीवन बीमालेखहरु मार्फत सर्वसाधरणलाई आर्थिक सुरक्षा दिन्छन् । आधारभुत रुपमा बीमा तीन प्रकारका हुन्छन् । ती हुन्  म्यादी, सावधिक तथा आजिवन । बीमा अवधिमा बीमितको कुनै पनि कारणले निधन भएमा निजको हकवालालाई कुनै निश्चित रकम भुक्तानी गर्ने गरी बीमा कम्पनी र व्यक्ति बिच भएको करार नै म्यादी जीवन बीमा हो । यसमा बचतको अवधारणा नै हुदैन । सावधिक जीवन बीमाले बीमितको जीवनको रक्षावरणको साथसाथै बचतको पनि सुनिश्चत गरेको हुन्छ । बीमा कम्पनीले बीमा अवधिमा कारणबस बीमितको निधन भएमा हकवालालाई बीमाङ्क र आर्जित बोनस रकम उपलब्ध गराउदछन् भने बीमा अवधिभर बीमित जीबित रहेमा बीमितले बीमाङ्क रकम र आर्जित बोनस प्राप्त गर्दछन् । यो बीमालेख म्यादी भन्दा महङ्गो हुन्छ । त्यसैगरी  आजिवन बीमाले कुनै पनि समयमा बीमितको निधन भएमा हकवालालाई  बीमाङ्क र आर्जित बोनस रकम उपलब्ध गराउदछन् । यस प्रकारको जीवन बीमा गर्ने बीमितले जीवित रहेसम्म कुनै पनि रकम प्राप्त गर्दैन । बीमाशुल्क भुक्तानी गर्ने मात्र हो । नेपाली जीवन बीमा बजार अन्य बीमा भन्दा सावधिक जीवन बीमा निकै प्रचलित छ । सामान्यतया जीवन बीमा भन्दा मुनाफामा सरिक हुने यानी बोनस दिने सावधिक बीमालेख नै बुझिन्छ । बोनस दिने सावधिक बीमा गर्दा बीमितले कती कती रकम प्राप्त गर्दछ, एउटा उदाहरण हेरौ ।

गणनाका आधारहरुः

बीमितको उमेरः २५, बीमाङ्कः १० लाख, बीमा अवधिः २० वर्ष , बीमालेखको प्रकारः मुनाफामा सरिक हुने सावधिक जीवन बीमा , वार्षिक बीमाशुल्कः ४७,५९०।००

हालको व्यवस्था अनुसार जीवन बीमा गरेमा ४० हजारसम्म करयोग्य आयबाट घटाउन पाईन्छ, यदि बीमितको करयोग्य आय १० प्रतिशतको स्ल्याबमा परे वार्षिक ४ हजार कर बचत हुन्छ, करयोग्य आय २० प्रतिशतको स्ल्याबमा परे वार्षिक ८ हजार कर बचत हुन्छ, करयोग्य आय ३० प्रतिशतको स्ल्याबमा परे वार्षिक १२ हजार कर बचत हुन्छ, करयोग्य आय ३६ प्रतिशतको स्ल्याबमा परे वार्षिक १४ हजार ४ सय कर बचत हुन्छ । आय कर बचतको गणना गर्दा बीमितको करयोग्य आय २० प्रतिशतको स्ल्याबमा पर्छ भनि मानेर गरिएको छ ।

बीमा कम्पनीले  दिने बोनस निश्चत हुदैन । यो सम्बन्धित बीमालेखले कमाउने नाफामा फरक पर्ने कुरा हो । व्यवहारमा बीमा कम्पनीहरुले  २० वर्षे सावधिक जीवन बीमालेख फरक फरक बोनस दिएको पाईन्छ । गणनालाई सहज बनाउन राष्ट्रिय बीमा संस्थानले दिदै आएको बोनस रु. ६५ प्रति हजारलाई नै आधार मानेर गणना गरिएको छ ।

तालिका नं. १

जीवन बीमा  गर्दा प्राप्त हुने रकमको विवरण

Period Annual PremiumAccumulated BonusClaim Amount Accumulated Tax Saving Benefited Amount
147590.0065000106500080001073000
247590.001300001130000160001146000
347590.001950001195000240001219000
447590.002600001260000320001292000
547590.003250001325000400001365000
647590.003900001390000480001438000
747590.004550001455000560001511000
847590.005200001520000640001584000
947590.005850001585000720001657000
1047590.006500001650000800001730000
1147590.007150001715000880001803000
1247590.007800001780000960001876000
1347590.0084500018450001040001949000
1447590.0091000019100001120002022000
1547590.0097500019750001200002095000
1647590.00104000020400001280002168000
1747590.00110500021050001360002241000
1847590.00117000021700001440002314000
1947590.00123500022350001520002387000
2047590.00130000023000001600002460000

माथिको तालिका अनुसार बीमा गरेको एक वर्ष पुरा भएपछि बीमितको निधन भएमा बीमीत पक्षलाई करिब रु. १०,७३,०००।०० सुबिधा रकम प्राप्त हुन्छ । त्यसै गरी बीमा गरेको १० वर्ष पुरा भएपछि बीमितको निधन भएमा बीमीत पक्षलाई करिब रु. १७,३०,०००।०० सुबिधा रकम प्राप्त हुन्छ । त्यसै गरी बीमा गरेको १५ वर्ष पुरा भएपछि बीमितको निधन भएमा बीमीत पक्षलाई करिब रु. २०,९५,०००।०० सुबिधा रकम प्राप्त हुन्छ । यसरी हरेक वर्ष यो रकम बढ्दै जान्छ । बीमित बीमा अवधि भर जीबित रहेमा रु. २४,६०,०००।०० प्राप्त गर्दछ ।

 मुद्दती खाता

सामान्यतयाः बैकहरुले सर्वसाधारण व्यक्ति वा संस्थाको रकम जम्मा गर्न र झिक्नको लागि विभिन्न प्रकारका खाताहरु  प्रचलनमा ल्याएका हुन्छन् । जस मध्ये मुद्दती निक्षेप पनि एक प्रकारको बचत वा लगानी खाता हो जसले लगानीकर्तालाई निश्चित ब्याज दर प्रदान गर्दछ भने यसको अवधि ३ महिना देखि १० वर्ष सम्मको हुने गर्दछ । मिति २०८० जेठ मसान्तको तथ्याङ्क अनुसार क वर्गका बैकहरुले व्यक्तिगत मुद्दती खातामा ब्याज ९।९९ प्रतिशत रहेको छ । यदि कुनै व्यक्ति हरेक वर्ष  रु. ४७,५९० मुद्दती खातामा जम्मा गर्यो भने के कति रकम प्राप्त गर्दछ, गणना तलको तालिकामा गरिएको छ ।

तालिका नं. २

बैकको मुद्दती खातामा रकम जम्मा गर्दा प्राप्त हुने रकमको विवरण

Year DepositPrincipleInterest Rate Interest Amount Capital Gain Tax @ 5%Net Interest Total Amount
147590.0047590.009.994754.24237.714516.5352106.53
247590.0099696.539.999959.68497.989461.70109158.23
347590.00156748.239.9915659.15782.9614876.19171624.42
447590.00219214.429.9921899.521094.9820804.54240018.96
547590.00287608.969.9928732.141436.6127295.53314904.49
647590.00362494.499.9936213.201810.6634402.54396897.03
747590.00444487.039.9944404.252220.2142184.04486671.07
847590.00534261.079.9953372.682668.6350704.05584965.12
947590.00632555.129.9963192.263159.6160032.64692587.76
1047590.00740177.769.9973943.763697.1970246.57810424.33
1147590.00858014.339.9985715.634285.7881429.85939444.19
1247590.00987034.199.9998604.724930.2493674.481080708.66
1347590.001128298.669.99112717.045635.85107081.181235379.85
1447590.001282969.859.99128168.696408.43121760.251404730.10
1547590.001452320.109.99145086.787254.34137832.441590152.54
1647590.001637742.549.99163610.488180.52155429.961793172.50
1747590.001840762.509.99183892.179194.61174697.562015460.06
1847590.002063050.069.99206098.7010304.94195793.772258843.83
1947590.002306433.839.99230412.7411520.64218892.102525325.93
2047590.002572915.939.99257034.3012851.72244182.592817098.52

माथिको तालिका अनुसार यदि कुनै व्यक्तिले प्रत्येक वर्ष रु. ४७,५९० को मुद्दती खाता खोलेको खण्डमा पहिलो वर्षको अन्त्यमा रु ५२,१०६।५३ प्राप्त गर्दछ । ५ वर्षको अन्त्यमा रु. ३,१४,९०४।४९ प्राप्त गर्दछ  ।  १० वर्षको अन्त्यमा रु. ८,१०,४२४।७७  प्राप्त गर्दछ । यो रकम प्रति वर्ष वृद्धि हुदै २० सौं वर्षमा रु. २८,१७,०९८।५२  हुन्छ ।

तालिका नं. ३

जीवन बीमा र बैकको मुद्दती खाताबाट प्राप्त हुने सुबिधाको तुलना  

Age of Insuredmortality per million Policy Period Benefit from Insurance Benefit from Fixed DepositDifference Insured Benefit comparing FD
2511771107300052106.531020893.472059%
26119421146000109158.231036841.771050%
27120731219000171624.421047375.58710%
28121541292000240018.961051981.04538%
29121951365000314904.491050095.51433%
30121961438000396897.031041102.97362%
31122171511000486671.071024328.93310%
32125481584000584965.12999034.88271%
33130391657000692587.76964412.236239%
341372101730000810424.33919575.665213%
351459111803000939444.19863555.815192%
3615641218760001080708.66795291.336174%
3716871319490001235379.85713620.151158%
3818291420220001404730.10617269.897144%
3919881520950001590152.54504847.458132%
4021961621680001793172.50374827.502121%
4124101722410002015460.06225539.937111%
4225991823140002258843.8355156.171102%
4328031923870002525325.93-138325.9395%
4430572024600002817098.52-357098.5287%

माथिको तालिकाबाट स्पष्ट हुन्छ, यदि बीमितको निधन बीमालेख जारी भएको १ वर्षमा भएमा मुद्दती खाताले दिने रकमको तुलनामा २,०५९ प्रतिशत रकम बिमितका आश्रितले प्राप्त गर्दछन्, साथै प्रचलित बीमितको मृत्युदर तालिका अनुसार यो उमेर समुहका प्रति दश लाख बीमित मध्ये १,१७७ जनाको मृत्यु हुन्छ  । त्यो १,१७७ जनामा जो पनि पर्न सक्दछ । त्यसैगरी बीमालेख जारी भएको ५ वर्षमा बीमितको निधन भएमा मुद्दती खाताले दिने रकमको तुलनामा ४३३ प्रतिशत रकम बीमितका आश्रितले प्राप्त गर्दछन् , साथै प्रचलित बीमितको मृत्युदर तालिका अनुसार यो उमेर समुहका प्रति दश लाख बीमित मध्ये १,२१९ जनाको मृत्यु हुन्छ  । त्यो १,२१९ जनामा जो पनि पर्न सक्दछ । त्यसैगरी बीमालेख जारी भएको १० वर्षमा बीमितको निधन भएमा मुद्दती खाताले दिने रकमको तुलनामा २१३ प्रतिशत रकम बीमितका आश्रितले प्राप्त गर्दछन्, साथै प्रचलित बीमितको मृत्युदर तालिका अनुसार यो उमेर समुहका प्रति दश लाख बीमित मध्ये १,३७२ जनाको मृत्यु हुन्छ  । त्यसैगरी बीमालेख जारी भएको १५ वर्षमा बीमितको निधन भएमा मुद्दती खाताले दिने रकमको तुलनामा १३२ प्रतिशत रकम बीमितका आश्रितले प्राप्त गर्दछन्, साथै प्रचलित बीमितको मृत्युदर तालिका अनुसार यो उमेर समुहका प्रति दश लाख बीमित मध्ये १,९८८ जनाको मृत्यु हुन्छ  । त्यसैगरी बीमालेख जारी भएको १९ वर्षमा बीमितको निधन भएमा मुद्दती खाताले दिने रकम  भन्दा बीमाले दिने रकम करिब ५ प्रतिशत कम हुन्छ , साथै प्रचलित बीमितको मृत्युदर तालिका अनुसार यो उमेर समुहका प्रति दश लाख बीमित मध्ये २८०३ जनाको मृत्यु हुन्छ  । त्यसैगरी बीमित बीमा अवधिभर जीवित रहेमा मुद्दती खाता दिने रकम भन्दा केही कम यानी ८७ प्रतिशत रकम बीमितका आश्रितले प्राप्त गर्दछन् । यदि अंकमा नै जाने हो भने यो कम रकम रु. ३,५७,०९८।५२ हो । वार्षिक रुपमा हिसाब गर्ने हो यो रकम रु. १७, ८५५। ०० हुन्छ । यति रकम बीमा कम्पनीले बीमितको जीवनको १० लाख बराबरको जोखिम बहन गरे वापत बीमितले भक्तानी गर्नु परेको रकम हो । बीमा परिपक्व हुदा प्राप्त हुने रकमको तुलनामा यो रकम करिब १४ प्रतिशत मात्र हुन आउछ ।

तालिकाबाट स्पष्ट हुन्छ, यदि बीमित बीमा अवधिभर जीबित रहेमा मात्र मुद्दती खाताले दिने प्रतिफल बढी हुन्छ अन्यथा बीमाले दिने सुविधा नै बढी हुन्छ । यो फरक रकम बीमा कम्पनीले बीमितको जीवनको जोखिम लिएबापत लागाएको चार्ज हो । यदि कुनै व्यक्तिले बीमित बीमा अवधिभर जीबित रहेमा पनि मुद्दती खाता भन्दा वढी प्रतिफल पाउनुहुन्छ भनि दाबी गरेमा त्यो विश्वासनिय कुरो होईन किनकी बीमा कम्पनीले बीमितले दिएको बीमाशुल्कबाट जोखिम वहन गरेवापत विभिन्न खर्च कटाएर बाँकी रहेको रकम मुद्दती लगायतका क्षेत्रमा लगानी गरि बीमितलाई प्रतिफल दिने हो ।

यदि कुनै व्यक्तिले मेरो जीवनमा जोखिम नै छैन, म मर्दै मर्दिन भनी सानो रकमको लोभमा मुद्दती खातामा मात्र लगानी गर्छ भने त्यो अविवेकी कदम हो किनकी मानव जीवन जोखिम मुक्त छैन । कहिले के हुन्छ भन्न सकिदैन । त्यस्ता व्यक्तिका आश्रित अलपत्र हुने अवस्था आउछ । आश्रितको सुरक्षा नै एक विवेकी व्यक्तिको पहिलो कर्तव्य हो ।

संक्षेपमा, मुद्दती खातामा लगानी गर्नु उद्देश्य लगानीमा उचित प्रतिफल प्राप्त गर्नु हो भने जीवन बीमा गर्नुको उद्देश्य लगानीमा उचित प्रतिफलका साथै बीमितको निधन भएमा आश्रितको वित्तिय सुरक्षा पनि हो । जोखिम बहन गर्ने भएपछी बीमाले बीमित बीमा अवधिभर जीवित रहेको अवस्थामा मुद्दती खाताले दिने भन्दा थोरै कम रकम कम दिन्छ । तर त्यो रकम बीमाले गरेको जोखिम बहनको तुलनामा निकै कम हुन्छ । यदि आवश्यकतालाई प्राथमिकताको आधारमा सुचिकरण गर्ने हो भने कुनै पनि जिम्मेवार व्यक्तिले आफ्नो प्रयाप्त जीवन बीमा गरि आश्रितलाई सुरक्षित बनाएपछि मात्र मुद्दती खाता लगायतका वढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्नु पर्दछ ।

(थापा नेपाल पुनर्बीमा कम्पनीको मुख्य प्रबन्धक हुन् । लेख लेखकको व्यक्तिगत विचार हो यसले कुनै संस्थाको प्रतिनिधित्व गर्दैन ।)

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

54%

खुसी

4%

दु :खी

19%

अचम्मित

8%

उत्साहित

15%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS