IME Life New

लिलामीमा आउँदै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साढे ८ लाख कित्ता शेयर भोलि वैशाख २ गतेबाट बिक्रीमा राखिने भएको छ।

बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो शेयरमा हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

Esewa
Crest

लिलामीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ। यसको अर्थ शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र वैशाख ९ गते दिउँसो ३ बजेसम्म पेस गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको नक्साल नारायणचौरस्थित मुक्तिनाथ क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS