IME Life New

जीवन बीमा आवश्यक भएका सीमान्तकृत वर्गमा लघु बीमा सेवा पुर्याउँछाैंः अध्यक्ष मोर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्रेष्ट माइक्रो लाइफका अध्यक्ष ऋषिराज मोरले  जीवन बीमाको वास्तविक आवश्यकता भएका सिमान्तकृत वर्गमा लघुबीमा सेवा पुर्याउने लक्ष्य रहेकाे बताएका छन् । कम्पनीको उद्घाटन समारोहलाई बुधबार सम्बाेधन गर्दै उनले परम्परागत बीमामा समेटिन नसकेका सीमान्तकृत वर्गलाई लघु जीवन बीमा सुविधा उपलब्ध गराउने बताएका हुन् ।

अध्यक्ष मोरले वास्तवमै जीवन बीमाको आवश्यकता भएका न्यून आय,गरिब, तल्लो तह, पिछडिएका वर्ग, समुदाय तथा परम्परागत बीमामा समेटिन नसकेका वर्गलाई लघु जीवन बीमा सुविधा उपलब्ध गराई उनीहरुको आर्थिक सुरक्षाको लक्ष्य लिएर कम्पनी स्थापना गरेको जानकारी दिए । तल्लो वर्गसम्म उनीहरुको क्षमता तथा आयलाई ध्यानमा राखेर बीमा सेवा पुर्याउन कम्पनी प्रतिबद्ध गरेको उनले जानकारी दिए ।

Esewa
Crest

परम्परागत बीमा कम्पनीले खासै ध्यान नदिएका विपन्न वर्गलाई न्यून बीमा शुल्कमा स सानो बीमांकको बीमालेख जारी गरी उनीहरुको भौतिक जोखिम बहन गर्ने र आर्थिक सुरक्षा दिने लक्ष्य कम्पनीको रहेको उनले बताए । उनले दूरदराजका गाउँबस्तीसम्म आफ्ना बीमा सेवा पुर्याउन अत्याधुनिक प्रविधि प्रयोग गर्ने जानकारी दिए ।

लघु जीवन बीमाको माध्यमबाट देशमा छरिएर रहेको पुँजी एकीकृत गरी राष्ट्रको पूँजी निमार्णमा योगदान गर्न सकिने धारणा समेत मोरले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS