IME Life New

जनरल इन्स्योरेन्स कम्पनीको बार्षिक साधारणसभा स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको बैशाख २४ गते अपरान्ह २ः३० बजे बसेको संचालक समितिको ४२ औं बैठकको निर्णयले हाल संसारभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण काठमाडौं उपत्यकामा निशेधाज्ञा जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी संचालन गर्न नपाइने र १५ जना भन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारण सभा स्थगित गरिएको जनाएको छ ।

कम्पनीले बैशाख २६ गतेका दिन साधारण सभा आह्वान गरेको थियो । कम्पनीले अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरिएको ब्यहोरा सम्पुर्ण शेयरधनीहरुलाई जानकारी गराएको छ ।

Esewa
Crest

बार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकहरुको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगित गरिएको कम्पनीले जनाएको छ । विषम परिस्थितिमा विशेष सावधानी अपनाउन र सजक रहनको लागि सबैमा कम्पनीले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS