IME Life New

जनरल इन्स्योरेन्सको उच्च व्यवस्थापन तहका कर्मचारीले बुझे एक करोड तलब भत्ता, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीले आर्थिक वर्ष २०७७/७८ मा एक करोड रुपैयाँ तलब, भत्ता, बोनस तथा सुविधा बुझेका छन् । यस आर्थिक वर्षमा जम्मा तीन महिना मात्रै काम गरेका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र श्रेष्ठले ८ लाख ६९ हजार ३५५ रुपैयाँ मात्रै बुझेका छन् । उनि २०७७ चैत २७ गते नियुक्त भएका थिए ।

त्यस्तै २०७७ माघ १८ गतेसम्म काम गरेका महाप्रबन्धकले २३ लाख १० हजार रुपैयाँ बुझेको कम्पनीले जनाएको छ । अर्का उप निर्देशक राजेश प्रसाद मानन्धर पनि २०७७ पुस २९ गतेसम्म मात्रै कार्यरत थिए । यस आर्थिक वर्षमा उनले पनि १५ लाख ८० हजार रुपैयाँ बुझेका थिए ।

Esewa
Crest

सहायक महाप्रबन्धक बिनेश माश्केले यस आर्थिक वर्षमा २७ लाख ५६ हजार रुपैयाँ प्राप्त गरेका छन् भने सहायक महाप्रवन्धक निल बहादुर बरालीले २४ लाख ८८ हजार २२९ रुपैयाँ प्राप्त गरेका छन् । अन्य निर्जीवन बीमा कम्पनीहरुको तुलनामा यस कम्पनीको उच्च व्यवस्थापन तहका कर्मचारीको तरलब सुविधा धेरै कम देखिएको छ । सिइओ राम चन्द्र श्रेष्ठले यस आर्थिक वर्षमा तीन महिना मात्रै काम गरेकाले पनि उनको तलब सुविधा कम देखिएको हो ।

यस आर्थिक वर्षमा संचालक समिति समितिका पदाधिकारीहरुले बैठक भत्ता बापत ८ लाख ७८ हजार रुपैयाँ बुझेका छन् । अध्यक्षलाई प्रति बैठक भत्ता ८ हजार रुपैयाँ र संचालकहरुलाई प्रति बैठक भत्ता ६ हजार रुपैयाँ दिदै आएको छ । संचालकहरुले यस बाहेक पत्रपत्रिका, टेलिफोन, इन्टरनेट लगायतको सेवा सुविधा उपलब्ध गराउनका लागि मासिक १० हजारकादरले रकम भुक्तानी दिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS